आज थप सात जनामा संक्रमण, संक्रमति संख्या ४२६ पुग्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १०, २०७७ शनिबार १९:५१:५
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-birami_kNoohF5BMm.jpg)
◊ धीरुभाइ
सप्तरी । सप्तरीमा शनिबार थप सात जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ४२६ पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीका अनुसार जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ६ का ३३, वार्ड नम्बर ५ का ४० वर्षका दुई, शम्भुनाथ नगरपालिका वार्ड नम्बर २ का २८, वार्ड नम्बर ८ का ४१, वार्ड नम्बर १२ का ४५ वर्षका तीन, र अग्निसाइर कृष्ण सवरन गाउँपालिका वार्ड नम्बर १ का २८ र वार्ड नम्बर ८ का २३ वर्षका दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवका अनुसार नयाँ संक्रमतिहरुलाई राजविराज स्थित सञ्चालित आइसोलेशन अस्पताल केन्द्रमा ल्याउने तयारी भइरहेको छ । पछिल्लो दुई दिन यता १५ जना नयाँ संक्रमित थपिएको थियो । हिजो शुक्रबार आठ र अस्ति बिहीबार सात जनामा संक्रमण भटिएको उनले बताए ।
जिल्लामा हालसम्म आइसोलेन केन्द्रमा भर्ना भएका कूल ४०२ जनामध्ये ३१२ जना निको भएर डिस्चार्ज भइ घर फर्किसकेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले बताए । अहिले ९० जनाको उपचार भइरहको उनले बताए । आइसोलेशनमा उपचारत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले भने, कसै कसैमा सामान्य रुघाखोकी, टाउको दुख्ने समस्या आएको थियो ।
औषधि सेवन गरेपछि निको हुदै गएको छ । स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले राजविराज नगरमा १०, बलानबिहुल गाउँपालिकामा दुई र डाक्नेश्वरी नगरपालिकामा एक जना संक्रमित होम आइसोलेशनमा रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार