पूर्वडीआईजी कोइरालाको पुनरावलोकन मुद्दाको सुनुवाई आज हुदैँ
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १४:२६:१
११ साउन, काठमाडौं । श्रीमतीको हत्या गरेर जेल परेका तर न्यायाधीसको फैसलाले रिहा भइसकेका पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्धको निवेदनमाथि आज सुनुवाइ हुदै छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालालाई सर्वोच्च अदालतका न्यायाधीसले आधाभन्दा बढी सजाय छुट गरेर फैसला गरेका थिए ।
सोही मुद्दामाथि परेको पुनरावलोकन मुद्दामा परेको रिटमाथि आज सुनुवाई हुन लागेको हो । शुक्रबार दर्ता भएको रिटमा आज पेशी तोकिएको थियो । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको भन्दै पुनरावलोकनको निवेदन दिएको थियो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र न्यायाधीस तेजबहादुर केसीको इजलासले कोइरालालाई जन्मकैद सजाय महंगो पार्न जाने भन्दै ११ बर्ष कैद सजाय छुट गरेर ८ बर्षमा रिहा हुने फैसला गरेको थियो । जसको अहिले सामाजिक सञ्जाल र सडकमा चर्को विरोध भइरहेको छ ।
श्रीमती गीता ढकालको हत्या गरेर शव आधा जलाएको अवस्थामा बरामद भएको थियो भने उनलाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको थियो । यस मुद्दाले नेपालकै न्याय प्रणालीमाथि प्रश्न उठेको भन्दै चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार