पहिरोमा आमाबुवा गुमाएकी बालिका पढाउने जिम्मा लिए कांग्रेस नेता प्रदीप पौडेलले
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १४:४२:३२
११ साउन, दमौली । पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी ६ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेका छन् । शनिबार पीडितको घरमा पुगेर उहाँले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्था मिलाउने जानकारी दिए ।
अमिना सोही वडाको बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन् । गतअसार २९ गतेको पहिरोले पुरिएर बालिकाको बुवा ३० वर्षीय भेषबहादुर थापा र आमा २९ वर्षीया नानुमाया थापाको अकालमा निधन भएको थियो । पहिरोले पुरिएर अमिनाकी बहिनी पाँच वर्षीया अमिषा थापा, काका वर्षीय महादेव थाापा र काकी १९ वर्षीया मनिसरा थापाको समेत निधन भएको थियो ।
काँग्रेस केन्द्रीय सदस्य पौडेलले पहिराले पुरिएर एकै परिवारका पाँच जनाको निधन भएको घटना दुःखद् रहेको र शोकको घडीलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गरे । यसैगरी तनहुँ युवा सञ्जाल र नेपाल रेडक्रस सोसाइटी कोटदरबारको सक्रियतामा अमिनाको शिक्षामा सहयोग पु¥याउन रु दुई लाख २१ हजार २५ सङ्कलन भएको छ ।
उक्त रकम अमिनाको बैंक खाता खोली जम्मा गरिने सोसाइटीका उपशाखाका सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । अमिनाको स्याहारसुसार हाल हजुरबुवा आम्बबहादुर थापाले गर्दै आएका छन् ।
भैँसीकिलेमा थापा परिवारको चार घर बसोबास गर्दै आएको छ । उक्त ठाउँ पहिरोको जोखिममा रहेकाले ऋषिङ गाउँपालिकाले पीडित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न पहल गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार