पक्की पुल निर्माणका लागि रु १२ करोड बजेट विनियोजन
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १९:५:३४
११ साउन, मकवानपुर । मनहरी गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजनाअन्तर्गत चालु आर्थिक वर्षमा रु ५३ करोडको लागतमा विभिन्न स्थानमा पाँचवटा पक्की पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ । दुई वर्ष ६ महिना निर्माण कार्ययोजना रहेको सो पुलको निर्माणका लागि बोलपत्रसमेत आह्वान भएको सो गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार गाउँपालिका–१ देखि ४ सम्मको विभिन्न खोलामा निर्माण गरिने पुलको चौडाइ करिब ६ मिटर हुने बताइएको छ । उक्त पुल निर्माणको लागि हाल रु १२ करोड बजेट विनियोजन भइसकेको छ । गाउँपालिका–१ देखि वडा ४ सम्म निर्माण हुने पक्की पुलबाट त्यहाँका करिब ५०० घरपरिवार लाभान्वित हुने र आवागमनमा सजिलो हुने बताइएको छ । यस्तै गाउँपालिका–३ को टाग्राखोला, वडा नं १ को फसिन खोला, च्यापल खोला, हाँडीखोला र ढाडोखोलामा पुल निर्माण हुने भएको छ ।
वडा नं ३ को हाँडिखोला पुलमा सबैभन्दा कम रु आठ करोड र ढाडोखोलामा सबैभन्दा बढी रु १३ करोडको लागतमा पुल निर्माण हुने अनुमान गरिएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा शुरु गरेको पैदलमार्गको झोलुङ्गे पुल पनि यस वर्ष निर्माण सम्पन्न हुने गाउँपालिकाबाट थाहा भएको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गत आर्थिक वर्षमा स–साना गरी करिब दुई दर्जन पुल निर्माण भइसकेको जानकारी दिइएको छ । अध्यक्ष उप्रेतीले गाउँपालिकाको आर्थिक र व्यावसायिक विकास तथा आवागमनको कामलाई सहज बनाउन पुल र सडक निर्माणमा जोड दिइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार