राजदेवीका वडाध्यक्षलाई कोरोना संक्रमण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १९:३०:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Coronavirus-2_b5AfemdfJI.jpg)
११ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो ।
करेन्ट लागेपछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर आएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गर्नु पर्ने भएको छ । शनिबार करेन्ट लागेर वडाअध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिहरुलाई तत्काल परीक्षण गर्नुपर्ने भएको छ ।
संक्रमित वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । नगरपालिकाकै केही व्यक्तिहरु भने आजैबाट घरमै क्वारेन्टाइनमा बस्नेछन ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचानको र स्वाब संकलनको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार