‘जनावर मेरो साथी’
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १९:३९:५२
◊ कृष्ण दवाडी
११ साउन, कास्की । जङ्गली जनावरलाई निश्चित क्षेत्रमा थुनेर चिडियाखाना तथा उद्यानको रुपमा विकास गरिएका देशभित्र तथा बाहिर थुप्रै ठाउँ छन् । पर्यटन विकासका लागि हिंस्रक जङ्गली जनावरलाई खोरभित्र राखेर चिडियाखानाको रुपमा विकास गरिएभन्दा पृथक रुपमा यहाँको मादी गाउँपालिकाले भने ‘जनावर मेरो साथी’को अवधारणासहित खुला वन्यजन्तु पार्क निर्माण शुरु गरेको छ ।
गाउँपालिकाको गौरवको आयोजनाको रुपमा वडा नं ६ को तप्राङमा एक हजार ७०० रोपनी क्षेत्रफलमा ‘तप्राङ खुला वन्यजन्तु पार्क’ निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी गत आर्थिक वर्ष २०७६/७७ बाट निर्माण प्रक्रिया शुरु गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताए । उनका अनुसार सो पार्कमा देश तथा विदेशमा भएका चिडियाखानामा जस्तो जङ्गली जनावरल्याई थुनेर व्यवस्थापन गर्ने भन्दा भिन्नरुपमा तोकिएको क्षेत्रभित्र अहिंस्रक र जोखिममुक्त जनावरलाई खुला छाडेर उनीहरुको ‘इकोसिस्टम’ प्रकृतिबाटै हुने गरी प्राणी उद्यानको विकास गरिनेछ ।
गाउँपालिकाले खुला वन्यजन्तु पार्कका माध्यमबाट अधिकतम स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवद्र्धनका माध्यमबाट रोजगारी अभिवृद्धि तथा स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेको छ । सो उद्यानलाई गाउँपालिका तथा समग्र प्रदेशकै एक महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्ने गरी काम शुरु गरिएको छ । “चिडियाखाना र निकुञ्जभन्दा भिन्न रहेर मृग, खरायो, कस्तुरीलगायतका अहिंस्रक वन्यजन्तु खोरमा नथुनिकन स्वतन्त्र रुपमा खुला छाडेर प्राणी उद्यानको विकास गर्न लागेका हौँ ।”
गाउँपालिका अध्यक्ष गुरुङले भने, “उद्यानका माध्यमबाट पर्यटक आकर्षित गरी प्रकृति र वन्यजन्तुप्रेमीको गन्तव्य बनाएर प्रदेशकै पर्यटनको ‘हव बनाउने योजना छ ।” उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको समपुरक अनुदान रु एक करोड तथा प्रतिनिधिसभा सांसद खगराज अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारीको रु एक करोड गरी दुई करोड बजेटबाट बोलपत्र आह्वान गरी पहिलो चरणको निर्माण कार्य शुरु भएको गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमासमेत परिचित सिक्लेस पोखरा सिक्लेस सडक खण्डमा पोेखराबाट २० किमीको दूरीमा अवस्थित तप्राङमा निर्माण हुने उद्यान पर्यटन प्रवद्र्धन तथा वन्यजन्तुको अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । सो स्थल हिमशुङ्खला, सिक्लेस, नामार्जुङ तथा मादीको सुन्दर दृश्यावलोकनका लागि समेत उपयुक्त रहेको र पक्की कालोपत्र सडक निर्माणाधीन रहेकाले आगामी दिनमा पर्यटन विकासका लागि प्रचुर सम्भावना रहेको बताइन्छ ।
केही वर्षअघिको पहिराका कारणले तप्राङ गाउँका आधा भन्दा बढी परिवार अन्यत्र विस्थापित भएको तथा कृषियोग्य जमीन पहिराले लगेकाले सो उद्यानबाट स्थानीयवासीको आयआर्जनमा सघाउ पुग्ने तथा गाउँ छाडेर गएकालाई समेत पुनः फर्काउन सकिने विश्वास गाउँपालिकाको छ । अध्यक्ष गुरुङले भने,“तप्राङ पहिरो पीडित गाउँ हो, पहिराले आधाभन्दा बढी बस्ती बसाइँसराइ गरेर अन्यत्र गए, गाउँमा भएकासमेत परम्परागत कृषिमा आवद्ध छन्, उनीहरुलाई वैकल्पिक पेशातर्फ आकर्षित गर्न र आयआर्जनमा उद्यानले सघाउने छ ।”
गाउँपालिकाले उद्यानका लागि रु छ करोड बराबरको डिपिआर तयार गरेको थियो । पहिलो चरणको निर्माणका लागि रु दुई करोडको बोलपत्र आह्वान गरिएकामा एमएनसी लोयल जेभी पोखराले रु एक करोड ४३ लाख ३४ हजारमा निर्माण कार्यको जिम्मा लिएको छ । पहिलो चरणमा प्रवेशद्धार, टिकट काउन्टर, तारजालीको काम (बाउन्ड्री वाल) पिकनिक स्पष्ट, ढुुङ्गाको सिँढी(फुट ट्र्याक) लगायतका काम भइरहेको सोही वडाका वडाध्यक्ष पसबहादुर बाँस्तोलाले जानकारी दिए ।
हाल केही स्थानीयवासीले सीमाङ्कनका बारेमा संशोधन माग गरेकाले सरोकार भएकासँग छलफल गरी निर्माण कार्य अघि बढाइने बाँस्तोलाको भनाइ छ । स्थानीय तहको निर्वाचनलगत्तै गाउँ कार्यपालिकाले गौरवको योजनाको रुपमा प्राणी उद्यान बनाउने सर्वसम्मत निर्णय गरी गाउँसभाले त्यसलाई अनुमोेदन गरेको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार