मिर्गौलापीडित श्रेष्ठको उपचारका लागि सहयोग
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १९:४७:१३
११ साउन, तनहुँ । दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहेका ब्यास नगरपालिका–४ घर भई हाल चितवन बस्ने राजु श्रेष्ठको उपचारका लागि अमेरिकाबाट सहयोग जुटेको छ । अमेरिकामा रहेका नेपालीबाट सङ्कलन भएको रु तीन लाख २९ हजार ७९२ मिर्गौलापीडित श्रेष्ठलाई प्रदान गरिएको छ ।
अमेरिकाको मेरिल्याण्डमा बसोवास गर्दै आएको किरण पन्थको सक्रियतामा उक्त रकम अमेरिकाबाट सङ्कलन गरिएको थियो । उक्त रकम श्रेष्ठको बैंक खातामा जम्मा भएको छ । मिर्गौलापीडित श्रेष्ठका अनुसार देश तथा विदेशबाट उपचारका लागि सहयोग आउने क्रम जारी छ । हालसम्म करिब रु २२ लाख रकम सङ्कलन भइसकेको छ ।
दमौलीमा लामो समय भिडियोग्राफरको रुपमा काम गर्दै आउनुभएका श्रेष्ठको एक्कासि मिर्गौलामा समस्या देखिएपछि उहाँको उपचारका लागि देश तथा विदेशबाट रकम सङ्कलन अभियान शुरु भएको छ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक रकम नभएपछि साथीभाईसँग अनुरोध गरेपछि देश तथा विदेशबाट रकम आउन थालेको पीडित श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको उपचारका लागि केही दिन अगाडि मात्रै जापान, कतार, हङकङ, बेल्जियममा बसोवास गर्ने शुभेच्छुकबाट रु चार लाख ५९ हजार ६०० सहयोग प्राप्त भएको थियो । त्यस्तै बेलायतबाट रु पाँच लाख ६८ हजार सहयोग प्राप्त भएको छ । श्रेष्ठको उपचारका लागि दमौलीमा रहेका विभिन्न लायन्स क्लबहरुले पनि सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थिए ।
केही महिना अगाडि मिर्गौलामा समस्या देखिएपछि चितवनस्थित मेडिकल कलेजमा चेकजाँच गरी औषधि सेवन गरेका श्रेष्ठको औषधिले काम नगरेपछि थप चेकजाँच गर्दा दुबै मिर्गौला फेल भएको पुष्टि भएको थियो । “दुबै मिर्गौलामा समस्या आएपछि चिकित्सकले नियमित डायलासिसलगायतका उपचार प्रक्रिया शुरु गर्न सुझाव दिए पनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो, अहिले आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ,” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार