दमौली–डुम्रे सडकखण्ड एकतर्फी सञ्चालनमा
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २०:४:४
११ साउन, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको दमौली–डुम्रे सडक खण्डमा शनिबार राति १२ बजेदेखि एकतर्फी सवारी साधान सञ्चालनमा आएको छ । शनिबार बिहान ६ बजेदेखि राति १२ बजेसम्म अहोरात्र खटेर वैकल्पिक मार्ग निर्माण गरेपछि एकतर्फी सवारी साधान सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको बन्दीपुर–१ नाहालास्थित पृथ्वी राजमार्गमा पहिरो गएर अवरुद्ध भएपछि वैकल्पिक मार्ग खोलेर मर्मत गरेपश्चात राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनीयरसहितको टोलीले शनिबार बिहानदेखि निरन्तर निर्माण कार्यमा लागेका कारण एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याउन सकिएको उनले बताए ।
वैकल्पिक मार्गमा गर्न लागिएको ग्राबेल बालुवा ल्याउन समस्या भएकाले शनिबार साँझसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलाइ हुन पुगेको प्रजिअ आचार्यले बताए । सडकमा अलिकति स्थान खाली हुनेबित्तिकै अन्य सवारी प्रवेश गराइदिँदा ग्राबेल बालुवा ढुवानी गर्न समस्या भएकाले तोकिएको समयभन्दा अलि ढिलाइ भएको उनले बताए ।
साँझसम्म सवारी आवतजावतको व्यवस्था मिलाउने गरी काम गरे पनि सवारी साधनकै अवरुद्धका कारण सोचेको समयभित्र सम्पन्न गर्न नसकिएको उनले जानकारी दिए । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिएपनि शनिबार बिहान पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाएर काम गर्न लगाइएको तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
उनका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने निर्वाध रुपमा आवतजावतको लागि व्यवस्था मिलाइएको उनले बताए । गत साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँचवटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासमा राजमार्ग सञ्चालनमा ल्याइएको थियो।
चल्यो छाब्दी मार्ग
प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने छाब्दी मार्ग एक सातापछि आजदेखि सञ्चालनमा ल्याइएको छ । छाब्दी मार्गअन्तर्गत जिल्लाको ब्यास नगरपालिका–१ कदम खोलाको ह्युमपाइप बाढीले बगाउँदा अवरुद्ध भएपछि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको हो । गत साउन ४ र ५ गते परेको अविरल वर्षापछि आएको बाढीले कदम खोलाको ह्युमपाइप बगाएपछि आवतजावतमा समस्या भएकाले सुचारु गर्न लागेको कदम खोला छाब्दी मार्ग उपभोक्ता समितिका संयोजक मणिजङ्ग बस्नेतले जानकारी दिए ।
उनका अनुसार उक्त मार्ग सञ्चालनको लागि सडक डिभिजन कार्यालयबाट चारवटा ह्युमपाइप र नगरपालिकाबाट मर्मतको लागि बजेट विनियोजन गर्ने गरी काम शुरु गरिएको हो । शनिबार दुई वटा स्काभेटर प्रयोग गरेर १५ फुटे मार्ग निर्माण गर्न लागिएको छ । उनले भने । “उक्त मार्ग पुनः सञ्चालन गर्न करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।”
वर्षायामको समय रहिरहेकाले तत्कालको समस्यालाई मध्यनजर गर्दै वैकल्पिक रुपमा छाब्दीमार्ग पुनः सञ्चालन गर्न लागिएको ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । असोज महिना लागेपछि गण्डकी प्रदेश सरकारसँग समन्वय गरी राम्रै किसिमले उक्त मार्ग निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ ।
तनहुँको सदरमुकामदेखि करिब ८ किलोमिटर पूर्वमा छाब्दी बाराही मन्दिर अवस्थित छन् । हिउँदमा धुलो र वर्षायाममा हिलाम्ये हुने उक्त सडकको कालोपत्र गर्न बाँकी रहेको भाग तीनवटै सरकारको सहयोगमा कालोपत्र सम्पन्न गरिएको छ । सो मार्गमा कालोपत्र गरिएसँगै हिलो र धुलोमा सामना गर्नुपर्ने समस्याको अन्त्य भएको छ । छाब्दी देवीसँग भाकल मागेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चना गर्न आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार