जनमुखी प्रशासनमा कर्मचारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २०:१८:५५
११ साउन,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उनले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने प्रमुख माध्यम कर्मचारी संयन्त्र भएको उल्लेख गरेका छन् ।
प्रदेशमा राम्रो काम गर्ने कर्मचारीको मनोवल उच्च बनाउन सरकारले उचित मूल्याङ्कन गर्दै पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै उनले यसबाट काममा लगनशीलता एवं जिम्मेवारिता बढ्ने विश्वास लिइएको बताए । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार जिल्लास्थित अस्पताललाई साधनस्रोत सम्पन्न बनाउनेतर्पm सरकार लागेको उनले जानकारी दिए ।
त्यस अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याल, सचिव दलबहादुर अधिकारीसहित विभिन्न कर्मचारीहरुलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी समाल्न लाग्नुभएका प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याललाई मायाको चिनो दिएर मुख्यमन्त्री गुरुङले बिदाइ गरेका थियो ।
सो अवसरमा प्रदेश प्रमुख सचिव बस्यालले जनमुखी प्रशासनका लागि कर्मचारी संयन्त्रले आप्mनो जिम्मेवारीलाई आत्मसात गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ कर्मचारी, राष्ट्रसेवकको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार