माहुरीपालनमा कृषकको एक करोड बढी लगानी
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २०:२८:४१
११ साउन, दाङ । माहुरी तथा माहुरीजन्य सामग्री खरिदमा रु एक करोड बढी लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन एकाइ कार्यालय मौरीजोन घोराही तथा कृषकले सामग्री खरिदमा उक्त रकम लगानी गरेका हुन् ।
माहुरी जोन र कृषकको गरी गत आर्थिक वर्षमा रु एक करोड पाँच लाख ४० हजार ६९७ लगानी भएको छ । जसमा माहुरी जोनबाट अनुदान रु ४२ लाख १३ हजार २६९ र कृषकको रु ६३ लाख २७ हजार ४२८ लगानी भएको मौरी जोन एकाइ कार्यालयका प्रमुख कला बुढाले बताए । अनुदान तथा कृषकको लगानी थपिएसँगै माहुरी तथा माहुरीजन्य उत्पादन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
माहुरी जोन एकाइ कार्यालयले सनराइज बि किपिङ सेन्टर र राइजिङ बि एपियरीलाई गाडी खरिद गर्नका लागि रु १०/१० लाख अनुदान दिएको छ भने कृषकले रु १३ लाख ३९ हजार लगानी गरेको बुढाले बताउनुभयो । यस कार्यले माहुरीचरण तथा मौरीजन्य सामग्री बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मह सङ्कलन तथा प्रशोधन गरी महको मूल्य तथा गुणस्तर वृद्धि गर्ने उद्देश्यले विशाल मौरी फार्मलाई रु १७ लाख ६३ हजार २४१ अनुदान दिएको छ । गुणस्तरीय रानी उत्पादन गर्नका लागि तुलसीपुर उपमहानगरपालिका– ७ मुनामदन बी कन्सर्नलाई रु दुई लाख ५० हजार अनुदान दिएको छ । जसमा कृषकले रु दुई लाख ६२ हजार ६०० स्व लगानी पनि गरेका छन् ।
गुणस्तरीय रानी उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिका– ४ मा बी एण्ड बी मौरी फार्मलाई रु दुई लाख ५० हजार अनुदान दिएको छ भने रु तीन लाख १० हजार १०० स्वलगानी गरिएको छ । मौरी आरक्षको निर्माण गरी प्रतिकूल मौसमबाट बचाइ गुणस्तरीय मह उत्पादन गर्न घोराही–१८ मा रहेको प्राकृतिक एपिकल्चर सेन्टरलाई रु दुई लाख अनुदान दिएको छ । जसमा कृषकले रु दुई लाख २४८ लगानी गरेकोे प्रमुख बुढाको भनाइ छ ।
कार्यालयले दाङ जिल्लामा चरन क्षेत्रको सिजन अफ भएका समयमा अन्य जिल्लामा माहुरी चरनमा जाँदा लाग्ने लागतमा समेत सहयोग गरेको छ । कार्यालयका अनुसार २९ जना कृषकले सहयोग पाएका छन् । यसका लागि रु पाँच लाख नौ हजार ७०० सहयोग गरेको उहाँको भनाइ छ । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा माहुरी जोेन कार्यक्रम लागू भएको छ । यसले कृषकलाई माहुरीपालन गर्दा आइपर्ने समस्या समाधान तथा प्राविधिक सहयोग, सामग्रीमा अनुदान तथा अन्य सहयोगसमेत गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार