लकडाउन खुले पनि बोलबम मेला सञ्चालन नगरिने
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २०:४२:४१
११ साउन, चितवन । कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ । भिडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो ।
देवघाट क्षेत्र विकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला स्थगन गरेको थियो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार लकडाउन खुले पनि कोरोनाको सङ्क्रमण नरोकिएकाले मेला स्थगन गरिएको हो । मेलामा छिमेकी देश भारत र देशभरबाट नै भक्तजन आउने गर्दछन् । अघिल्ला वर्ष साउन महिनाका सोमबारमा पाँच लाख हाराहारी भक्तजन आउने गरेका उनले जानकारी दिए ।
अध्यक्ष पौडेलले भने, “हामीले स्थानीय प्रशासनसँग छलफल गरेर उनीहरुको सुझावअनुसार नै बोलबम मेला स्थगन गरेका हौँ ।” कोरोनाको सङ्क्रमण घटेमा अबको ठूलो मेला हरिबोधिनी एकादशी र सतबिज छर्ने मेला मात्र हुने उनले बताए । उनले थपे, “सञ्चारमाध्यममार्फत हामी सबैलाई दुःखका साथ मेला भर्न नआउन अनुरोध गर्न बाध्य छौँ ।” पछिल्ला वर्षमा बोलबम मेला भर्न आउनेको सङ्ख्या बढ्दै गएको थियो ।
कतिपय खाली खुट्टामा देवघाटसम्म मेला भर्न आउने गरेका उनले जानकारी दिए । पवित्र तीर्थस्थल देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थलमा पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार