गाउँपालिकाद्वारा विद्यार्थीलाई एभोकाडोका बिरुवा वितरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २०:५२:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/Avocado_AyyTxqcdSu.jpg)
११ साउन, स्याङ्जा । आँधीखोला गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क एभोकाडोका (घ्यू फल) बिरुवा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १८ विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई गाउँपालिकाले एभोकाडोका बिरुवा वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले विद्यार्थीलाई अध्ययन सँगसँगै व्यावहारिक ज्ञानका माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यका साथ एभोकाडोका बिरुवा वितरण गरिएको बताए । आफैँले लगाएको फल दिने बिरुवाको आम्दानीले विद्यार्थीले आफ्ना लागि सामान्य कापीकलमको खर्च सञ्चालन गर्दै आफ्नो कामप्रति स्वाभिमानी बन्दै बालबालिका उमेरमै उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने योजनाअनुसार फल लाग्ने बिरुवा वितरण गरेको अध्यक्ष पौडेलको भनाइ छ ।
बिरुवा रोपेको चारदेखि छ वर्षभित्र उत्पादन दिने भएकाले अहिले रोपेको बिरुवाले कलेज पढ्ने बेलामा विद्यार्थीले आफ्नो क्याम्पसमा तिर्नुपर्ने शुल्क आफैँ तिर्न सकुन् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।
एभोकाडोमा पौष्टिक तत्व बढीमात्रामा पाइने भएकाले बजारमा यसको माग धेरै हुने र थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले स्वास्थ्यका लागिसमेत लाभदायक मानिने एभोकाडो खेतीमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलले बताए।
एभोकाडो फल विक्रिका लागि कुनै समस्या नहुने र व्यापारीले अन्यत्र पनि बोटबाटै मोलमोलाइ गरेर खरिद गरेर लैजाने गरेको कृषि शाखा प्रमुख अर्जुन चापागाँईले बताए । यो फल प्रतिकिलो रु १५० देखि ५०० सम्ममा बिक्री हुने गरेको चापागाई बताउछन् ।
एभोकाडोको बिरुवाले फल्न थालेदेखि ५० वर्षसम्म उत्पादन दिने र एउटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने समुन्द्री सतहबाट ४०० देखि एक हजार ७०० मिटरसम्मको उचाइमा पहाडी भूगोलमा हुने भएकाले एभोकाडोको खेतीका लागि आँधीखोला गाउँपालिकाको हावापानी उपयुक्त रहेको कृषि प्राविधिक विवेक आचार्यले बताए । एक जना विद्यार्थीलाई पाँच बिरुका दरले दुई हजार विद्यार्थीलाई निःशुल्क १० हजार ७०० ऐभोकाडोका बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित
असार ११, २०८१ मंगलबार
नगरपालिकाद्वारा रत्ननगरका किसानलाई भैँसी वितरण
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार