विवादमै अल्झियो निर्माण सम्पन्न वीरेन्द्रनगरस्थित सिटी बसपार्क
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २१:९:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/ct-buspark_sPUKbeob07.jpeg)
११ साउन, कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटी बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दासमेत व्यवसायी र वीरेन्द्रनगर नगरपालिकाबीचको विवादले बसपार्क सञ्चालन तथा व्यवस्थापनमा ढिलाइ भएको हो ।
नगरपालिकाले सञ्चालनको तयारी गरिरहेकै बेला व्यवसायीले आफूहरुको स्वामित्व खोजेपछि विवाद अदालतसम्म पुगेको थियो । सिटी बसपार्क निर्माण हुनुपूर्व व्यवसाय गर्दै आएका ५४ व्यवसायीले २०७६ पुस १३ गते आफूहरुको पहिलो हक स्थापित हुनुपर्ने माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेपछि नगरपालिकाले सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रिया स्थगित गरेको थियो । उच्च अदालतले फागुन अन्तिम साता उक्त रिटमाथि सुनुवाइ गर्दै ठेक्का प्रतिष्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी आदेश दिएको थियो ।
यसअघि नगरपालिका र बसपार्कमा व्यापार गरिरहेका व्यक्तिलाई निर्माणपछि व्यवसाय गर्न दिने सहमति भएको थियो । व्यवसायी इन्द्रबहादुर थापाले सहमति कार्यान्वयन नभएपछि आफूहरु रिट दायर गर्न बाध्य भएको बताए । उनले बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिकाले निजी कम्पनीलाई दिए पनि उपभोगको पहिलो प्राथमिकता आफूहरुले पाउनुपर्ने अदालतको आदेशको कार्यान्वयन हुने अपेक्षा व्यक्त गरे ।
नगरपालिकाले अदालतको आदेशसँगै विवाद सुल्झिएको र बसपार्क सञ्चालन गर्ने बाटो खुलेको बताएको छ । प्रमुख कार्यकारी अधिकृत टीकाराम ढकालले भदौ १ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए । हाल बसपार्कमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर बनाइएको छ । आइसोलेशन सेन्टरलाई प्रदेश अस्पतालमा व्यवस्थापन गर्ने गरी समन्वय भइरहेको उनको भनाइ छ । प्रमुख कार्यकारी अधिकृत ढकालले चैतदेखि सञ्चालनको तयारी गरेपनि बन्दाबन्दीका कारण रोकिएको बताए ।
नगरपालिकाका अनुसार प्रतिष्पर्धाबाट पिआर कन्स्ट्रक्सन प्रालीले सञ्चालन तथा व्यवस्थापनको ठेक्का पाएको छ । उक्त कम्पनीले बसपार्क सञ्चालन गरेबापत मासिक रु २७ लाख ५६ हजार १०० नगरपालिकालाई राजस्व बुझाउनुुपर्नेछ । बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउण्टर, शौचालय, पार्किङस्थल निर्माण गरिएको छ । रु सात करोड ४४ लाख लागतमा बसपार्क निर्माण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार