वीरगञ्जको कोरोना अस्पतालमा शंकास्पद एक बृद्धको मृत्यु
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २१:३३:४७
११ साउन, बीरगञ्ज । पर्साको बीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशंका गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आज बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले बताए ।
मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ८ः०० बजे आरडिटी पोजेटिभ आएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार शुरु गरिएको अर्का डा उदयनारायण सिंहले बताए ।
शनिबार नै नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती वृद्धको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकिएको थियो । हालसम्म रिपोर्ट आएको छैन । मृत्यु भएका ती वृद्ध आदर्शनगरका व्यापारी रहेका र मुटु तथा मधुमेह रोगका बिरामी रहेको उपचारमा संलग्न चिकित्सक डा नीरजकुमार सिंहले बताए । मृत्यु भएका वृद्ध भारतीय नागरिक हुन् । वृद्धको शवलाई अस्पतालमामै राखिएको छ । साँझसम्म पिसिआर परीक्षणको रिपोर्ट आइसक्ने चिकित्सकले जनाएका छन् ।
यसअघि गत शुक्रबार आरडिटी पोजेटिभ भएकी एक १७ वर्षीय युवतीको मृत्यु भएको थियो । युवतीको मरणोपरान्त पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो ।
यसैबीच नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । चारै जनालाई सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको भए पनि अवस्था जटिल र गम्भीर रहेको डा सिंहले जानकारी दिए ।
सो अस्पतालमा हाल ५४ जना सङ्क्रमित उपचार गराइरहेका छन् । पर्सामा हाल कोरोना सङ्क्रमितबाट सात जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । कोरोना पोजेटिभबाट बारामा तीन र पर्साका तीन जना छन् भने वीरगञ्जमा बेवारिसे भेटिएका एक कोरोना सङ्क्रमितको भने पहिचान हुन सकेको छैन ।
यसैबीच लकडाउन खुकुलो भएपछि वीरगञ्ज बजारमा मानिसको अत्यधिक भीड हुन थालेकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार