लगातार दुई कारोवार दिन देखि “इण्ट्राडे हाई”मा बन्द भएको बजारलाई बिश्लेषण गरेर हेर्दा !
आर्थिक संवाददाता
साउन ११, २०७७ आइतबार २२:५:५९
११ साउन, काठमाडाैं । बजार आज पनि बलियो मनोविज्ञानका साथ बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशतले बढ्दै दोश्रो बजार बन्द भएको छ । नेप्से परिसूचक १४६५।१० को विन्दुमा बन्द भएको छ । कारोवार रकम १ अर्ब ९४ करोड रहेको छ । कारोवार रकम पनि अघिल्लो कारोवार दिनको तुलनमा वृद्धि भएको हो ।
आज बजार १४४५।६० को विन्दुमा खुलेकोमा १२ बजेर १० मिनेटमा १४४४।७८ को न्यून विन्दु समातेको थियो । त्यस्तै बजारको उच्च विन्दु र अन्तिम विन्दु एउटै रहेको छ। आजको यो प्रवित्तलाई सकारात्मक मानिन्छ । आजको ईण्ट्राडे चार्ट बुलिस रहेको छ।
लगातार दुई कारोवार दिन देखि बजार ईण्ट्राडे हाईमा बन्द भएको र कारोवार रकम पनि वृद्धि हुँदै जानुले खरिदकर्ताको मनोविज्ञान निकै बलियो रहेको देख्न सकिन्छ । बजार वृद्धि हुँदै जाँदा कारोवार रकम पनि वृद्धि हुँदै जानु सकारात्मक पक्ष हो। बजारको उच्च विन्दु र अन्तिम विन्दु एउटै हुनुलाई इण्ट्राडे हाई भनिन्छ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५०० प्रतिरोध १ः १४८० टेवा १ः १४५० टेवा २ः १४१७
? आजको कारोबारले बजार बढ्दो प्रवृृत्तिमा रहेको जानकारी गराएको छ । आजको बजार प्रवृत्तिले “बुलिस मारुबोजु” मैनबत्तीको चित्र बनाएको छ । यसले कारोबारको पहिलो समयदेखि अन्तिम समयसम्म बजारमा माग बढी रहेको जानकारी दिनुका साथै अर्को कारोबार दिन पनि बजार बढ्न सक्ने जानकारी दिएको छ ।
? दैनिकी अवधिमा “आरएसआई” ६२ दशमलब ८४ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ ।
?“एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप हुन थालको जानकारी दिएको छ।
? “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन थालेको जानकारी गराएको छ । नेप्से बढेमा पहिलो प्रतिरोध १४८० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४५० को क्षेत्रमा पाउने देखिन्छ।
आज नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक २५ करोड ८४ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । तारागाउँ रेजेन्सी होटल्स र मिर्मिरे लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । त्यस्तै बेस्ट फाईनान्सको शेयर मूल्य सर्वाधिक ६ दशमलव ५४ प्रतिशतले घटेको छ।
आज तीन उपसुचक होटल, हाईड्रोपावर र म्युचुअल फण्डमा मात्र गिरावट आएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा भने १ प्रतिशत माथिको वृद्धि देखिएको छ । आज जीवन बीमा र निर्जीवन बीमा उपसुचकमा ठूलो वृद्धि देखिएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
गोलभेडा खेतीमा कीटनाशक औषधि छर्किदै किसान
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार