सांसद पद गुमाएकी सरिता गिरीको पक्षमा आदेश दिन सर्वोच्चद्धारा अस्वीकार
नेपालबहस संवाददाता
साउन ११, २०७७ सोमबार ०:२६:२१
११ साउन, काठमाडौं । संसदमा हिन्दीमा बोल्ने र नेपाली राष्ट्रियताको पक्षमा नउभिने सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ ।
पार्टीको सदस्यता र सांसद पद खारेज हुने गरी समाजवादीले गरेको कारबाहीको निर्णयमा सर्वोच्चले थप आदेश दिन आवश्यक नरहेको भनेको हो ।
पार्टीको विधान र कानूनअनुसार नै गिरीमाथि कारबाही गरिएको न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले गरेको आदेशमा उल्लेख छ ।
संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी समाजवादी पार्टीले मतदान गर्न दिएको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहनेगरी पार्टीबाट निष्काशन गरेको थियो ।
त्यसपछि उनी सर्वोच्च पुगेकी थिइन् । तर सर्वोच्च अदालतले पनि उनको सांसद पद थमौति गर्न सकेन् । परिणाम स्वरुप सरिता गिरी सांसद पद अब फिर्ता नहुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार