नक्कली लालपूर्जा बनाउन र बदर गराउन वडाध्यक्ष नै संलग्न ! कारवाहीको माग गर्दै कार्यालय घेराउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०७७ सोमबार ४:२६:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/lalpurja-sancharkarmi_NAQmHGdfu4.jpeg)
११ साउन, बारा। नक्कली लालपूर्जा बनाउने र बदर गराउन अहंम भूमिका निर्वाह गरेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष केदारनाथ बजराईलाई कारवाहीको माग गर्दै आज स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् ।
केही दिन अघि एक मिडियामा समाचार प्रशारण भएपछि वडाका बासिन्दाले आज वडा कार्यालय घेराउ गर्दै तत्काल कारवाहीको माग गर्दै स्थानीयले विरोध गरेका हुन । नेपाली कांग्रेस वडा कार्यसमितिको नेतृत्वमा भएको कार्यक्रममा स्थानीय नेता श्याम तुम्सिङले वडाको जिम्मेवारी त्याग गरी छानविनमा सहयोग गर्न आफुहरुले आग्रह गरेको बताए ।
निजगढ नगरपालिका वडा नं। ६ को जग्गाको नक्कली लालपूर्जा बनाउन र बदर गराउने कार्यमा वडाध्यक्ष संलग्न भएको भन्दै स्थानीयले कारवाहीको माग गरेका हुन । वडाध्यक्ष बजगाई र मालपोत प्रमुख यादव आचार्यको मिलेमत्तोमा उक्त नक्कली लालपूर्जा तयार गरी पदिय मर्यादा विपरित कार्य गरेको भन्दै स्थानीयले सत्यतथ्य बाहिर उजागर गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउन आफुहरुले विरोध प्रदर्शन गरेको जनाएका छन् ।
तिरो तिरेको रसिद र जग्गा भएको सम्वन्धित स्थानीय तहको वडाले घरबाटो प्रमाणित गरेको पत्र विना नै मालपोत कार्यालय, सिमरा बाराले लालपूर्जा जारी गरेको थियो । वास्तवित जग्गा धनी र स्थानीयको विरोध पछि यही असार १६ गते उक्त लालपूर्जा बदर गर्न निवेदन परेको थियो । निवेदन दर्ता भएको करिव एक हप्ता पछि मात्र मालपोत प्रमुखले बदर गर्न हस्ताक्षर गरेका थिए ।
आजै नेपाली कांग्रेस जीतपुरसिमरा १६ को वडा कार्यसमितिले यस घटनासँग सम्वन्धित कुराहरु सत्य तथ्य रुपमा बाहिर ल्याउन र दोषी उपर कानूनी कारवाही गर्न भन्दै विज्ञप्ति समेत निकालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार