निजी विद्यालयले जबर्जस्ती सञ्चालन गरेका कक्षा गाउँपालिकाद्धारा बन्द
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १५:४४:३३
१२ साउन, झापा । प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ ।
गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न शुरु गरेपछि बन्द गराइएको अध्यक्ष अञ्जार आलमले बताए ।
“लकडाउन खुले पनि कोडिभ–१९ को जोखिम झन बढेर गइरहेको छ, यस्तो बेलामा विद्यालय खोली पठनपाठन गर्ने कुरै आउँदैन”, उनले भने, “विद्यालयले आफ्नो क्षेत्रमा सिकाइ केन्द्र स्थापना गरी थोरै सङ्ख्यामा वैकल्पिक सिकाइमा सहजीकरण गर्नुपर्छ ।”
गाउँपालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरि विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो । शाखाले सूचना नै प्रकाशन गरेर विद्यालय खोली पठनपाठन नगर्न नगराउन आग्रह गरेको छ ।
जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३४६ जना रहेको छ । तीमध्ये निको भएर ३०४ जना घर फर्किएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । कचनकवल गाउँपालिकाका मात्र १३५ जना कोरोना सङ्क्रमितमध्ये निको भएर १३४ जना फर्किसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार