ओलीसँग सहमति नभए बहुमतबाट हटाउने प्रचण्ड-माधव नेपालको तयारी
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १७:७:१८
१२ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीसँग सहमति नभए बहुमतीय प्रक्रियाबाट अघि बढ्ने दोस्रो अध्यक्ष प्रचण्डले तयारी गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग मिलेर बहुमतीय प्रक्रियाबाटै अघि बढ्ने र ओलीलाई ‘लाईन’मा ल्याउने प्रचण्डको तयारी रहेको नेताहरुको भनाई छ ।
स्थायी कमिटी बैठक भोलिका लागि तय भएपनि ओलीले फेरि स्थगित गर्ने वा बैठकमा सहभागिता नजनाउने समस्या कायमै छ । यस्तो बेला अब पार्टीको बहुमतले गर्ने निर्णयलाई अघि सार्ने प्रचण्डको तयारी छ । जसले ओलीका लागि फेरि सत्ता संकट बल्झिने छ भने उस्तै परे कुर्सी त्याग गर्नुपर्ने अवस्था पनि आउन सक्नेछ ।
भोलिको स्थायी समिति बैठकको तयारीका लागि बालुवाटारमा ओली र खुमलटारमा प्रचण्डको आन्तरिक बैठक चलिरहेको छ । जति नै आन्तरिक रणनीति बनाएपनि त्यसले पार्टीलाई निकास दिन सकेको छैन । सोहीकारण अब पार्टीको बहुमतको निर्णयबाट अघि बढ्ने निष्कर्षमा प्रचण्ड पुगेकाे नेताहरुको दाबी छ ।
यद्यपि यसका लागि आज र भोलि बिहान फेरि ओलीसँग निर्णायक छलफल गर्ने तयारी प्रचण्डको छ । सहमतिका लागि अझै पनि केही एजेन्डामा छलफल गर्ने तयारी छ । तर अब सहमतिका लागि त्यो सम्भावना अब कम रहेको प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुको भनाई छ ।
ओलीले कुनै हालतमा प्रधानमन्त्री र अध्यक्ष पद नछाड्ने भएपछि अब बाध्य भएर बहुमतको निर्णयमा जानुपर्ने निष्कर्षमा खुमलटार पुगेको हो । जसले नेकपाभित्रको आन्तरिक संघर्ष फेरि एकपटक उत्कर्षमा पुग्ने संकेत देखिएको छ ।
यसअघि ओलीले प्रचण्डलाई आगामी मंसिरमै महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । शुरुमा ओलीको यो प्रस्ताव मानेका प्रचण्ड माधव नेपालको दबाबपछि ओलीसँगको सहमतिबाट पछि हटेका थिए । जसले नेकपाभित्र झन कलह ल्याएको छ ।
अब ओलीलाई एकैपटक बहमुतीय प्रक्रियाबाट निर्णय गरेर प्रधानमन्त्री वा अध्यक्ष पदबाट हटाउने तयारी प्रचण्ड–माधव नेपाल पक्षको छ । यसका लागि खुमलटारमा छलफल भइरहेको प्रचण्डनिकट एक नेताले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार