बालुवाटारमा ओलीको छुट्टै परामर्श, गृहसचिवको ‘इन्ट्री’ !
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १८:५७:८
१२ साउन, काठमाडौं । भोलि बस्ने सत्तारुढ नेकपा स्थायी कमिटी बैठकको रणनीतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा परामर्श गरिरहेका छन् । खुमलटारमा अर्का अध्यक्ष प्रचण्डले विशेष रणनीति नै बनाएपछि ओलीले पनि आफू निकट नेताहरुसँग परामर्श थालेका हुन् ।
बालुवाटारमा बिहान संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग ओलीले विशेष परामर्श गरेका हुन् । बिहान झण्डै १० बजेदेखि ११ बजेसम्म नेम्वाङ र ओलीबीच भोलिको बैठकका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
ओली र नेम्वाङबीचको बैठकमा गृहसचिव महेश्वर न्यौपाने पनि सहभागी भएको स्रोतको दाबी छ । झण्डै एक घण्टा ओली, नेम्वाङ र न्यौपानेबीच विशेष छलफल भएको हो । यसरी हेर्दा ओलीको राजनीतिक तथा रणनीतिक छलफलमा गृहसचिव महेश्वर न्यौपानेको पनि ‘इन्ट्री’ भएको देखिन्छ । जुन ओलीको अबको सम्भावित रणनीतिमा सुरक्षा संयन्त्र परेको र यसले पनि नेकपाभित्रमा केही हलचल ल्याउने अनुमान छ ।
यसअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुलाई प्रधानमन्त्री ओलीले पक्राउ गरेर थुन्ने योजना बनाएको सार्वजनिक रुपमै बताएका थिए । खासगरी नेकपाका वरिष्ठ नेताहरुलाई सुरक्षा संयन्त्र प्रयोग गरेर शक्ति देखाउने योजनामा प्रधानमन्त्री ओली रहेको नेता नेपालको दाबी थियाे ।
यद्यपि प्रधानमन्त्री ओली र गृहसचिव न्यौपानेबीचको आन्तरिक छलफलका विषयमा खास तथ्य बाहिर आइसकेको छैन् । तर भोलिको बैठकमा प्रचण्ड र माधव नेपाल पक्ष विशेष रुपमै रणनीति बनाएर आउने देखिएपछि ओली पनि आन्तरिक रुपमा बलियो भएर योजनाका साथ बस्ने देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार