कर्णाली प्रदेशमा थप ३१ जना संक्रमित, १४ जना डिस्चार्ज
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार २२:१२:२९
१२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा थप ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ८ जना बालबालिका पनि छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ संक्रमित हुनेमा सबैभन्दा धेरै दैलेखका छन् । यस्तै सल्यानका दुई जना र सुर्खेतका एक एक जना छन् । दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ६ मा २ र ८ वर्षीय २ जना बालक, ५ देखि १३ वर्षसम्मका ४ जना बालिका, ३३ देखि ३८ वर्षसम्मका ३ पुरुष र ३० र ३२ वर्षका २ जना महिलमा संक्रमण पुष्टि भएको छ ।
यस्तै वडा नम्बर १० मा २ वर्षका एक बालक, ३ वर्षीया एक बालिका, २३ देखि ६३ वर्षसम्मका ८ जना पुरुष र २० देखि २५ वर्षसम्मका ३ जना महिलामा संक्रमण पुष्टि भएको छ । दुल्लुकै वडा नम्बर १२ का २२ देखि ३० वर्षका ३ जना पुरुष र ५५ वर्षीया एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुर्खेतको चिङ्गाड गाउँपालिकाका एक जना र सल्यानको कुमाख गाउँपालिकाका दुईजना रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ ।
यस्तै, कर्णालीमा सोमबार मात्रै १४ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६५८ पुगेको छ । २४६ सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार