प्रदेश गौरवका सडक आयोजनाको निर्माण शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार २३:४:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak-3_RLwxyYDQjg.jpg)
◊ सिद्धराज भट्ट
१२ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका प्रदेश गौरवका सडक आयोजना निर्माणको काम अघि बढाइएको छ । सर्भे र विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ को काम पूरा भइसकेका प्रदेश गौरवको सडक आयोजना अन्तर्गतका सडकखण्डमा निर्माण कार्य शुरु गरिएको हो ।
प्रदेशको समग्र भौतिक विकासको मेरुदण्डका रुपमा लिइएका प्रदेशका गौरवका सडक आयोजना सबै नौ जिल्लामा एक÷एकवटा छनोट गरिएको छ । क्षेत्रीय यातायात पूर्वाधार विकास कार्यालय दीपायलका निर्देशक प्रेमदत्त भट्टले पहिले नै बाटो वा ट्र्याक खुलिसकेका सडकलाई प्रदेशका गौरव सडक आयोजनाका रुपमा छनोट भई निर्माण कार्य अघि बढेको बताए।
यी सडक आयोजनाका कतिपय ठाउँमा भने नयाँ ट्र्याक खोल्नुपर्ने देखिएको छ । कतिपय सडकको अधिकांश भागमा सर्भे लगायतका काम गर्न बाँकी छ । प्रदेश सरकारको चालू आव ०७७/७८ को नीति कार्यक्रममा प्रदेशका गौरवका सडक आयोजनाको निर्माण कार्य तीव्र रुपले अगाडि बढाउने उल्लेख गरिएको छ । गत आव ०७६/७७ मा यी नौवटा सडक निर्माणका लागि रु ४२ करोड बजेट विनियोजन गरेकामा सबै बजेट खर्च हुन नसकेको बताइएको छ ।
निर्देशक भट्टले भने, “चालू वर्ष र आगामी आर्थिक वर्षमा यी सडक पूर्णरुपमा काम हुन लागेका छन् ।” पूर्वाधार विकास कार्यालयमार्फत यी सडकको निर्माणको काम भइरहेको छ । डडेलधुराको दैजी लिप्ना हुँदै जोगबुढा सलोन चिकिट्टे, घटाल–ढुङ्गाड हुँदै बझाङ सम्मको सडक तथा डोटीको सहजपुर–बोगटान हुँदै दीपायल सम्मको सडकलाई प्रदेश गौरवको आयोजनाका रुपमा छनोट गरिएको छ ।
डोटीमा छनोट भएको प्रदेश गौरवको सडक आयोजना अन्तर्गतको सहजपुरदेखि अत्तरकाँडा सम्मको झण्डै ५० किमी सडकखण्डमा सङ्घीय सरकारमार्फत कालोपत्र गर्ने कार्य भइरहेकामा बाँकी खण्डमा प्रदेश गौरवको सडक आयोजनाअन्तर्गत काम हुन लागेको छ ।
पूर्वाधार विकास कार्यालय डडेलधुराका प्रमुख रामचन्द खत्रीले ठेक्का लागेका सडक आगामी तीन वर्षभित्र निर्माण पूरा गरिसक्ने लक्ष्य रहेको बताए । गत वैशाख महिनामै यी आयोजना निर्माणका लागि ठेक्काको प्रक्रिया शुरु गर्ने योजना रहेकामा कोरोना भाइरसका कारण केही महिना ढिलो गरी शुरु भएको जनाइएको छ । प्रदेशको राजधानी जिल्ला कैलालीमा भजनीदेखि बौनिया हुँदै खिमडी सम्मको प्रदेशको गौरवको सडक छनोट भएको छ । चालू वर्षमा बौनिया बजारदेखि उत्तर तर्फको झगरपुर क्षेत्रको सडक कालोपत्र गर्न लागिएको छ ।
गत आव २०७६/७७ मा प्रदेश गौरवका सडकको कतिपय खण्डमा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र सर्भे गर्ने लगायतका काम गरिएको थियो । निर्माणका लागि छुट्याइने बजेटका आधारमा आगामी दिनमा सडक निर्माण कार्यको भौतिक प्रगति देखिने जिल्ला पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम खड्का बताउछन ।
बझाङको पातिहल्लादेखि जडार, पानकोट, तल्कोट साइपाल हुँदै हुम्ला जोड्ने सडक, अछाम जिल्लाको जङ्गलघाटदेखि कमलबजार, जयगढ हुँदै बडिमालिका सम्मको सडक, बाजुराको खप्तडदेखि सिङ्गटन, गैरीकाँटा, आँटीचौर हुँदै मार्तडी सम्मको सडक र बैतडीको सतबाँझ, श्रीभावरहाट हुँदै दार्चुला सम्मको सडकलाई प्रदेश गौरवको आयोजनाका रुपमा छनोट गरिएको छ ।
बैतडीमा निर्माण हुन लागेको प्रदेश गौरव सडक आयोजना निर्माण कार्यको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले हालै शुभारम्भ गर्नुभएको थियो । बैतडीमा चालू वर्षमा १६ किमी सडक निर्माण तथा स्तरोन्नति गर्न लागिएको छ ।
दार्चुलामा छनोट गरिएको खलङ्गादेखि खार, बेथला, पारिवगर हँुदै अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी सम्मको प्रदेश गौरवको सडकमध्ये चालू वर्षमा १९ किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । कञ्चनपुरको बेलौरीदेखि कलुवापुर सम्मको खण्डमा चालू वर्षमा निर्माण तथा स्तरोन्नतिको काम गर्न लागिएको छ । कञ्चनपुरमा बेलौरीदेखि कलुवापुर, नायल हुँदै बुडर सम्मको सडकलाई प्रदेश गौरवको सडकमा छनोट गरिएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार