विद्यालय तहका ‘प्राटिक्स बुक’को बिक्रीवितरणमा रोक, चौतर्फी विरोध
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार २३:३९:३९
१२ साउन, काठमाडौं । सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्रश्नपत्रको संगालो र प्राटिक्सबुकको बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्रश्नपत्रहरुको संगालो, प्राटिक्सबुकलगायतका सामग्रीहरु छपाइ, बिक्री वितरण गर्न रोक लगाएको हो ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको २५ को ६ मा यस्ता सामग्री विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान नगरिने उल्लेख छ ।
अब स्वीकृति प्राप्त नभएका यस्ता सामग्रीहरु प्रकाशन गर्न, बिक्रीवितरण गर्न र विद्यार्थीलाई खरिद गर्न लगाउन नपाइने हुने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइले जानकारी दिए । यो निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको भन्दै भट्टराइले त्यसको कार्यान्वयन मात्रै केन्द्रले गर्ने स्पष्ट पारे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ कार्तिक २० यस्तो निर्णय गरेको थियो । सोही निर्णयकाआधारमा केन्द्रले निर्देशिका संशोधन गरेको हो । सरकारले यसअघि नै परीक्षा लक्षित गेसपेपर र गाइडहरुमाथि प्रतिबन्ध लगाएको थियो । तर, गेस र गाइड भन्दा भिन्न प्रकृतिको प्राटिक्सबुक र प्रश्नपत्रहरुको संगालोमाथि रोक लगाएपछि सरोकारवालाहरुले भने यसको विरोध गरेका छन् । केही उत्कृष्ट भनिएका सामुदायिक विद्यालयहरुले विद्यालयमा विभिन्न प्राटिक्सबुकहरु लागु गरी विद्यार्थीहरुलाई थप अभ्यास गराउँदै आएका थिए । निजी विद्यालयहरुले पनि विभिन्न प्राटिक्सबुकहरुलाई लागु गर्ने गर्दछन् ।
पाठ्यपुस्तकले पाठ्यक्रमलाई पुरा नसमेट्ने भएकाले विद्यार्थीहरुलाई मिहिनेती बनाउन र ज्ञानको दायरा फराकिलो पार्न सामुदायिक विद्यालयहरुले थप प्राटिक्सबुक लागु गर्ने गरेका छन् । सरकारको प्राटिक्स बुक माथि प्रतिबन्ध लगाउने निर्णयले सिधा सामुदायिक विद्यालयलाई असर गर्ने तिलिंगाटार मावि धापासी काठमाडौंका प्रअ सरोजकुमार पाण्डे बताउँछन् ।
प्राटिक्सबुकहरु विद्यालयका लागि आधारभूत कुराहरु भएकाले यसको संख्या झनै बढाउनुपर्नेमा रोक लगाउनु गलत भएको पाण्डेको बुझाइ छ । विद्यालयले कक्षा ९ र १० मा प्राटिक्सबुकको प्रयोग गर्ने गरेको र परीक्षाका तयारीका लागि प्रश्नपत्रहरुको संगालो ‘वल्ड इज गोल्ड’बाट अभ्यास गराउँदै आएको उनको भनाइ छ । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न र शिक्षाको स्तर बढाउन प्राटिक्सबुकहरुको प्रयोग अनिवार्य जस्तै बनेको प्रअ पाण्डेले बताए ।
यस्तै, नवीन औधोगिक कदरबहादुर रिता मावि बुटवलका प्रअ प्रेमबहादुर बस्नेत पनि विद्यालयमा वर्णमाला, अतिरिक्त गणित, कम्प्युटरआदिका प्राटिक्सबुकहरु प्रयोग गर्दै आएको बताउँछन् । ‘पाठ्यपुस्तकको मात्रै पढाइ र अभ्यासले विद्यार्थीहरुलाई नपुग्ने भएको छ’, प्रअ बस्नेतले भने, ‘प्राटिक्स बुक सिकाइ सुधारकालागि अनिवार्य पाटो बनेको अवस्था छ ।’
विद्यालयले २ कक्षा देखि १२ सम्मै विभिन्न विषयको प्राटिक्सबुक अध्ययन र अभ्यास गराउँदै आएको भन्दै यो नभए त्यसको सिधा असर सिकाइमा पर्ने प्रअ बस्नेत बताउँछन् । प्राटिक्स बुक र प्रश्नपत्रहरुको संगालवोदाई गेस र गाइडसँग तुलना गर्न नहुने भन्दै उनले विद्यार्थी र शिक्षकलाई सिकाइ केन्द्रित र मेहनेती बनाउन यसको उपलब्धता अझै बढाउनुपर्ने तर्क गरे ।
यता शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले पनि प्राटिक्स बुकमा रोक लगाउने सरकारको निर्णयलाई अदूरदर्शी भएको बताए । गरिब विद्यार्थीले किन्न नसक्ने कुरालाई ध्यानमा राखेर गरिएको निर्णय भए पुस्तकालयमा राखेर सबै विद्यार्थीलाई अभ्यासको अवसर दिने विकल्प अपनाउन सकिने उनको भनाइ छ ।
सरकारले यो उमेरका विद्यार्थीलाई पाठ्यपुस्तकबाहेकको ज्ञान बोझ हुन्छ भन्ने आशयले यो निर्णय गरेका भएपनि यो आशय पनि गलत हुने कोइरालाको भनाइ छ । फरक फरक तरिका र विधिअनुसार फरक स्रोतबाट ज्ञानलिने प्रचलन विश्वभरी रहेको भन्दै कोइरालाले पश्चिमा देशहरुमा एउटै विषय फरक फरक विद्यालयका शिक्षकहरुबाट लिनेदिने अभ्यास रहेको बताए ।
बन्द गर्ने होइन प्राटिक्सबुक अझै धेरै बनाउन दिनुपर्छ, यसका लागि शिक्षकहरुलाई प्रोत्साहित गर्नुपर्छ भन्दै कोइरालाले सिक्ने ज्ञान लिने विषयमा अंकुश लगाउँदा त्यसले उल्टै नोक्सान गर्ने तर्क गरे । कमजोर विद्यार्थीलाई कमजोर नै राख्ने काम सरकारबाट हुनु नहुने भन्दै सिकाइका लागि विद्यार्थीहरुलाई सबैखाले विकल्पहरु खुला राखिदिनुपर्ने उनको भनाइ छ ।
शिद्धबाबा मावि तम्घास गुल्मीका प्रअ डोरविक्रम श्रीस पनि प्राटिक्स बुकमा रोक लगाउने सरकारको निर्णय सामुदायिक विद्यालयको सिकाइ कमजोर पार्नेगरी आएको बताउँछन् । ‘यो सामुदायिक विद्यालय विरुद्धको कदम हो’,प्रअ श्रीसले भने, विद्यालयले आफ्नै प्रयासमा विभिन्न प्राटिक्सबुक लागु गरेर सिकाइ सुधारको प्रयास गरिरहेका छन्, अब बन्द हुन्छ।’
विद्यालयले ९ र १० का विद्यार्थीहरुलाई विभिन्न प्राटिक्स बुकबाट अभ्यास गराउने गरेको भन्दै प्रअ श्रीसले भने–‘रिडमोरलगायत प्रकाशकका प्राटिक्स बुक पढाएका विद्यार्थीको सिकाइ धेरै आएको अनुभव हामीसँग छ ।’ विद्यालयले विद्यार्थीहरुलाई समूहमा विभाजन गरेर कसैलाई रिडमोर, कसैलाई भुडीपुराणलगायतका प्राटिक्स बुक किन्न लगाएर पुनः आपसमा साटफेर गर्दै सिक्न प्रोत्साहित गर्ने गरेको प्रअ श्रीसले बताए । श्रीसले भने, ‘सरकारको यो निर्णय सामुदायिक विद्यालयलाई निजीको जिम्मा लगाउने निर्णय जस्तै घातक छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार