उपत्यका भित्रने पूर्वी–नाका साँगामा यात्रुको स्वाब सङ्कलन
नेपालबहस संवाददाता
साउन १२, २०७७ मंगलबार १:४४:१७
१२ साउन, काभ्रेपलाञ्चोक । लकडाउनको अन्त्यपछि मध्यपहाडी क्षेत्रबाट विभिन्न राजमार्ग हुँदै काठमाडौं उपत्यका प्रवेशको पूर्वी–नाका काभ्रेपलाञ्चोकको साँगामा यात्रुको स्वाब सङ्कलन थालिएको छ । विशेषगरी पूर्वी तराई क्षेत्रबाट बीपी राजमार्ग लगायत अन्य मार्ग हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनका यात्रुको स्वाब सङ्कलन गर्न थालिएको हो ।
कारोना सङ्क्रमण थप फैलन नदिने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञसहितको टोलीले बनेपा नगरपालिकास्थित साँगामा यात्रुको स्वाब सङ्कलन गर्न थालेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य–सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार टोलीले आइतबार अपराह्नबाट तराईका जिल्लाबाट आएका यात्रुको ‘स्याम्पिलिङ’का रुपमा स्वाब सङ्कलन गर्न थालिएको हो ।
टोलीलाई बनेपा नगरपालिका स्वास्थ्य शाखाले सहयोग गरेको झाले बताए । “नाकामा स्वाब सङ्कलन तथा परीक्षणले उपत्यकामा कारोना सङ्क्रमण प्रवेश भए नभएको पत्ता लाग्नेछ” झाले भने । उनका अनुसार लकडाउनको अन्त्यपछि कारोनाको सङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई थप रणनीति बनाउन मद्दत पुग्नेछ । स्वाब सङ्कलनअन्तर्गत यस नाकाबाट उपत्यका भित्रने सबै जिल्लाका यात्रु समेटिनेछ ।
टोलीले आइतबार साँगाबाट उपत्यका प्रवेश गर्न लागेका ६२ जना यात्रुको ‘नोजल स्वाब’ सङ्कलन गरेको नगर स्वास्थ्य प्रमुख सत्यश्वर मकैले जानकारी दिए। उनका अनुसार पूर्वी तराईको सङ्क्रमण फैलिएका जिल्लाबाट आएका यात्रुको पहिचान गरी स्वाब सङ्कलन कार्य भइरहेको हो । “स्वाब सङ्कलन गरिएका नागरिकको व्यक्तिगत विवरण÷पहिचान तथा सम्पर्क नम्बर लिएर पठाइने गरिएको छ, रिपोर्टमा सङ्क्रमण पुष्टि भए तत्काल सम्पर्कमा ल्याई उपचारमा लगिनेछ” प्रमुख मकैले भने।
मकैका अनुसार स्वाब सङ्कलन गरिएका व्यक्तिको २४ घण्टामा रिपोर्ट आउने व्यवस्था मिलाइएको छ । आइतबार स्वाब सङ्कलन गरिएका व्यक्तिको आज साँझसम्म वा भोलि बिहानसम्म रिपोर्ट आइपुग्ने मकैले बताए । आजदेखि दैनिक दुई सिफ्टमा स्वाब सङ्कलन भइरहेको जनाइएको छ । साँगा नाकाबाट करिब चार हजार यात्रुको स्वाब सङ्कलन गरिने योजना बनाइएको छ । टोलीका लागि बनेपा स्वास्थ्य शाखाले टेन्ट व्यवस्थापन गरेको छ भने दैनिक २–३ स्वास्थ्यकर्मी खटाएको छ ।
टोलीले नाकामा प्रत्यक्ष रुपमा खट्ने सुरक्षाकर्मी, कर्मचारीको पनि स्वाब सङ्कलन गरिने जनाएको छ । केन्द्रले काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरू साँगासहित नागढुङ्गा र फर्पिङबाट समेत गरी १० हजार यात्रुको पोलिमरेज चेन्ज रियाक्सन ‘पीसीआर’ परीक्षण गर्ने योजना बनाएको छ । यात्रुको स्वाब सङ्कलन कार्य आउने बिहीबारसम्म सञ्चालन हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार