कांग्रेसद्वारा पार्टी सदस्यका लागि प्रशिक्षण पुस्तिका सार्वजनिक
नेपालबहस संवाददाता
साउन १२, २०७७ मंगलबार १:४७:५२
१२ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका तयार पारी प्रकाशनमा ल्याएको छ ।
हाल अनलाइन संस्करणमा सार्वजनिक भएको पुस्तिका छिट्टै छापा माध्यममार्फत पनि प्रकाशन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिए । पुस्तिकामा काँग्रेसको प्रारम्भ, यसका आदर्श, सिद्धान्त, नीति, र कार्यक्रम, पार्टीको इतिहास र योगदान, पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलब्धि, आर्थिक–सामाजिक नीतिलगायत विषयमा जानकारी रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी पुस्तिकामा परराष्ट्र सम्बन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्याङ्कन, साम्यवाद र लोकतन्त्रबीचको भिन्नता, कम्युनिष्ट पार्टी र अरु पार्टीसँग कांग्रेसबीच भिन्नता, आगामी दिनमा कांग्रेसले गर्ने र गर्नसक्ने योजना, आदि विषयहरु समावेश गरिएको छ ।
कार्यकारी निर्देशक दाहालले पुस्तिकामा पार्टीको विधान र प्रशिक्षणकला बारेसमेत अध्ययन सामग्री प्रस्तुत गरिएको हुँदा यसबाट पार्टी पंक्ति र जिज्ञासुले आवश्यक जानकारी लिन सक्ने विश्वास व्यक्त गरे। प्रतिष्ठानले पार्टीका सदस्यहरुका लागि प्रशिक्षण यही पुस्तिकाको आधारमा गर्नुहुन पार्टीका सम्पूर्ण प्रशिक्षक तथा जिल्ला प्रशिक्षण शाखाहरुलाई समेत आग्रह गरेको ।
पुस्तिका www.nepalicongress.org भित्र गई Central Policy, Research and Training Academy मार्फत हेर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार