हत्या अभियोगमा पाँच पक्राउ, कर्तव्य ज्यान मुद्दा दर्ता
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १२:४५:३४
१३ साउन, चितवन । भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–४ घर भई भरतपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका–१ घर भई सोही स्थान बस्ने ३० वर्षीय अमरबहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका घर भई सोही स्थान बस्ने २४ वर्षीय सागर ओली, भरतपुर महानगरपालिका–८ बस्ने ३१ वर्षीय प्रकाश विक र एक बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
हत्यामा संलग्न दुई फरार रहेको, गुरुङले कमल गन्धर्वसँग ठेला रिक्सा केही समयका लागि मागी लगेको र सोही ठेला पदमपुरमा लगी बिक्री गरेको भन्ने विषयमा विवाद हुँदा गुरुङको हत्या भएको अनुसन्धानबाट खुलेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार