चिरान काठसहित ११ पक्राउ, आक्रमणबाट प्रहरी हवल्दार र जवान घाइते
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १२:४९:४३
१३ साउन, तुलसीपुर । राप्ती गाउँपालिका–४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ सिमलखुटीका २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँका १८ वर्षीय शिशिर शाही, पिपरखुटीका १९ वर्षीय शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, सुन्दरपुरका २७ वर्षीय विष्णु गिरी, नयाँगाउँका १८ वर्षीय राहुल भुषाल, पिपरखुटीका २१ वर्षीय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका–८ सुकुम्वासी गाउँका २४ वर्षीय दुर्गे थापा, सोही ठाउँ कहलुवाका १९ वर्षीय हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र २० वर्षीय सञ्जीव विक रहेका छन् ।
उनीहरुको साथबाट १५ थान सालको चिरान घप्पुसमेत बरामद गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रवीण बिडारीले जानकारी दिए । उनीहरुले इलाका प्रहरी कार्यालय भालुवाङबाट गएका दुई प्रहरीमाथि कुटपिटसमेत गरेका थिए ।
उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन् । पक्राउ परेकाहरुलाई वन पैदावर ओसारपसार कसुर अपराधअन्तर्गत कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरायसी विवादमा गोली प्रहार गरेर श्रीमतीको हत्या, बुवा घाइते
असोज १०, २०८१ बिहिबार
चाडपर्वमा भरपर्दो सुरक्षा रणनीति बनाएर लागू गर्न महानिरीक्षक कुँवरको निर्देशन
भदौ ३१, २०८१ सोमबार
प्रधानसेनापति सिग्देलले सम्हाले कार्यभार
भदौ २४, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार