स्थायी कमिटी बैठक फेरि स्थगित
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १६:२५:१५
१३ साउन, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षबीचमा कुरा मिल्न बाँकी रहेकाले बैठक स्थगित गरिएको थापाले बताए । उनका अनुसार दुई अध्यक्षबीचमा छलफल तथा परामर्श गर्न बाँकी रहेकाले पनि बैठक स्थगित गर्नुपरेको थापाको भनाई छ ।
आजको बैठकमा प्रचण्ड–माधव नेपाल समूहले विशेष रणनीति बनाएको थियो । खासगरी स्थायी कमिटी बैठकबाट ओलीलाई कुनै एक पद छाड्ने बाध्य पार्ने निर्णय नै गर्ने योजना पनि प्रचण्डको थियो । यही सुचना पाएका ओलीले आजको बैठक स्थगित गरेको अनुमान छ ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने बताउदै आएका छन् । तर ओलीले दुवै पद नछाड्ने बताएपछि नेकपाभित्रको आान्तरिक संकट गहिरिदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार