नेकपामा भीडन्तको तयारी : प्रचण्ड बालुवाटारमा, ओलीद्धारा बैठक स्थगित !
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १७:३४:१६
१३ साउन, काठमाडौं । प्रचण्ड, माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु बालुवाटार पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा नेकपाको स्थायी कमिटी बैठक स्थगित गरेको पाइएको छ । एकहप्तापछि आज मंगलबारका लागि तय गरिएको बैठकमा भाग लिन भन्दै प्रचण्ड लगायतका नेताहरु बालुवाटारमा पुगेका हुन् ।
तर बिहानै १० बजे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको जानकारी फेसबुकमार्फत दिएका थिए । तर त्यो जानकारी ओलीको एकलौटी निर्णय भएको प्रचण्ड निकट नेताहरुको भनाई छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि स्थायी कमिटी बैठक स्थगितबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
आफूहरु बैठकका लागि बालुवाटारको बैठकस्थलमा रहेको र बैठक सुचारु हुने विश्वास रहेको नारायणकाजीले बताएका छन् । तर ओली निकट नेताहरुले भने बिहान ९ बजे छलफलको तयारी भएपनि प्रचण्ड नआएका कारण बैठक स्थगित भएको बताएका छन् ।
यसअघि हिजो प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुबीच आज पेलेर भएपनि बैठक गरेर बहुमतीय निर्णय गर्ने रणनीति बनेको थियो । प्रचण्डको त्यही रणनीतिबाट डराएका ओलीले आज एकलौटी रुपमा बैठक स्थगित गरेको आरोप छ । यसले नेकपामा अब भीडन्तको तयारी भएको भन्दै नेता कार्यकर्ता चिन्तित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार