जागे कांग्रेसका जिल्ला सभापतिहरु, भद्दा मजाक नगर्न देउवालाई चेतावनी
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १९:४३:५
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औंं महाधिवेशनलाई लिएर जिल्ला सभापतिहरु पनि तात्न थालेका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको हिजो साँझ सम्पन्न बैठकले ११ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सभापति शेरबहादुर देउवाले पछिल्लो समय गठन गरेका सबै विभाग र समितिहरु खारेज गर्नुपर्ने माग ते¥याएको छ ।
जिल्ला सभापतिहरुको निर्णय सार्वजनिक गर्दै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा बाहेक विभाग वा समितिहरु गठन गर्ने कार्य निर्वाचन आचारसंहिता, राजनीतिक नैतिकता र हाम्रै ऐतिहासिक परम्परा बिरुद्ध भएकाले यस्ता लोक हसाउने, भद्दा मजाक कर्म तत्काल रोक्नुपर्ने र यसबीच बनाइएका सबै विभाग र समितिहरु खारेज गर्नुपर्ने बताएका छन् ।
त्यस्तै पार्टी–पार्टीबीचको एकीकरण, पार्टी समूह वा ब्यक्तिको नेपाली कांग्रेस प्रवेश कार्यबाट निष्ठावान नेता र कार्यकर्ताको तेजोवध गर्ने, क्षणिक गुटगत फाईदाका लागि पार्टीलाई दीर्घकालिन क्षति पुर्याउने वा अन्य अभीष्ट पुरा गर्न अपारदर्शी कदमको रुपमा अघि बढाउने कामको बिरोध गरिएको छ । आज मात्र राप्रपाका पूर्व महामन्त्री सुनिलबहादुर केसीसहितका केही नेता तथा कार्यकतालाई कांग्रेसमा प्रवेश गराइएको तर्फ लक्षित गर्दै सभापतिहरुको भेलाले भनेको छ,“एकदुई वा केही नेताको प्रवेशको आडमा सयौंको संख्यामा क्रियाशील सदस्यता पठाएर अनियमितता गर्ने काम नहोस भन्नेतर्फ नेतृत्वलाई सचेत गराउँदछौं ।”
सो भेलाले पार्टीको आगामी १४ औं महाधिवेशनको सफलता र प्रभावकारितालाई सुनिश्चित गर्नेगरी सबै जिल्लाका जनता र स्थानीय संगठनको भुईं तहसम्म निरन्तर उठबसमा रहेका सबै नेता एवं साथीहरुसँग पार्टीको सैध्दान्तिक, वैचारिक, सांगठनिक र अग्रगामी नीति निर्माणको सवालमा अर्थपूर्ण संवादलाई तीब्रताका साथ अघि बढाउने पनि निर्णय गरेको छ ।
त्यसैगरि पार्टी सभापतिहरुको हेटौंडा भेला, हलेसी भेला, ककनी भेला र पार्टीको आठौं महासमिति बैठकमा पार्टीको भुईं तहबाट उठेका आवाजहरुलाई वाणी प्रदान गर्दै पार्टीको समग्र शुद्धीकरण र सुदृढ़ीकरणका सन्दर्भमा उठान गरिएका विषयहरुलाई आगामी १४ औं महाधिवेशनमा बिधिवत प्रस्तावका रुपमा अघि बढाउने, पार्टीमा लोकतान्त्रिक समाजवादको सामयिक परिभाषा, ब्याख्या, योजना, नीति र कार्यक्रम निर्माणमा नेपाली कांग्रेसका सदस्य र शुभेच्छुक बुद्धिजीवीहरु बीच बैचारिक बहस र संवादलाई तीब्रता दिने तथा वर्तमान भ्रष्टाचार–उत्प्रेरक निर्वाचन प्रणालीमा व्यापक सुधार गरी पैसा र पाखुराको प्रभावमुक्त प्रतिनिधित्व प्रणाली सुनिश्चित गर्न क्रियाशील रहने पनि निर्णय गरेको छ ।
निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक–समर्थक बस्ने सबैजना बिधानत स्वतः पार्टीबाट बर्खास्त हुने प्रष्ट ब्यवस्था हुँदाहुँदै पनि महाधिवेशनको प्रक्रिया आरम्भ भैसकेपछि यतिखेर आएर एक वा अर्को बहानामा निष्ठावान नेता र कार्यकर्तामाथि छानीछानी कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गंभीर प्रश्न उठेकाले यस्ता गतिविधि तत्काल रोकिनुपर्ने माग गर्दै उक्त भेलाले स्थानीय तह पार्टी समायोजन सम्वन्धमा केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोक लगायतका जिल्लामा खेलेको भूमिकामा नीतिभन्दा नेता प्रभावको गन्ध आएकाले निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गरेको छ ।
१३ औं महाधिवेशनमा सम्पूर्ण बिधि–प्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका साथीहरुको क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउनु पर्ने बताउँदै सो भेलाले अत्यावश्यक थप क्रियाशील सदस्यता पार्टी प्रणाली अनुसार पठाउने र कुनै कस्तै बहानामा अन्य बाटोबाट क्रियाशील सदस्यता पठाएर निर्वाचनलाई प्रभावित गर्ने कार्य हुन नहुने कुरालाई सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ ।
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले जनताको आवाज बोल्ने र बोक्ने अभिप्रायले छायाँ सरकारको अभ्यास समेतमा उत्रिसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सौदावाजी शक्तिको रुपमा देखिनु आत्मघाती हुने भएकोले यस्ता मनसाय वा भ्रमलाई चिर्दै सशक्त जनपक्षीय प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
कम्युनिष्ट अधिनायकवाद, भ्रष्टाचार तथा कोरोना नियन्त्रण र ब्यवस्थापनमा सरकारी अकर्मण्यता बिरुद्ध चरणबद्ध संघर्षमा उत्रिन अत्यावश्यक भइसकेकोले त्यसप्रकारको निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रह गर्ने निर्णय गर्दै भेलाले राष्ट्रियताको सवालमा नेपाली कांग्रेसको ऐतिहासिक अडान र प्रतिवद्धता, पंचशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अनुरुप सीमा लगायतका यावत समस्याहरु वार्ताको माध्यमबाट देश र जनताको हितमा समाधान गर्न निरन्तर दवाव दिने निर्णय गरेको नुवाकोट सभापति केसीले नेपालबहसलाई जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार