धौलागिरि अस्पतालले सञ्चालन गर्यो लिफ्ट सेवा
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २०:०:९
१३ साउन, बागलुङ । धौलागिरि अस्पताल बागलुङमा बिरामीको सेवालाई ध्यानमा राखी लिफ्ट निर्माण गरिएको छ । अस्पतालको भौतिक पूर्वाधार र अन्य सेवा विस्तार भएसँगै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले लिफ्ट निर्माण गरिएको हो । अस्पतालको ‘बी’ ब्लकमा लिफ्ट निर्माणको काम अन्तिम चरणमा पुगेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।
यससँगै लिफ्ट नहुँदा सिँढी/अपाङ्गमैत्री ¥याम्म चढेर माथिल्लो तलामा पुग्नुपर्ने बिरामीको समस्या र सकसको बाध्यता अन्त्य हुनेछ । लिफ्ट निर्माणका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले रु ४१ लाख २४ हजार ५०० विनियोजन गरेको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिए । केही समय अगाडि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना सङ्क्रमितको उपचार गराई राखेको धौलागिरि अस्पताल बागलुङ आउँदा अस्पतालको सेवा गुणस्तर र भौतिक संरचनाको स्तरोन्नति गर्ने उद्घोष गरेका थिए ।
भवनको निर्माण गर्दा लिफ्ट राख्ने स्थान बनाए पनि लिफ्ट जडान गर्ने खर्च समावेश नभएका कारण समस्या भएको थियो । अस्पतालको भूमिगतसहितको चारतले भवनमा आउजाउ गर्दा बिरामीलाई असहज भएको भन्दै लिफ्ट निर्माण गरिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । “अस्पताललाई अपाङ्ग र बिरामीको सेवाग्राहीमैत्री बनाउनको लागि सबैतिरबाट सुझाव आएको छ, सबैको सल्लाह र अस्पतालको स्तर वृद्धि गर्ने नीतिबमोजिम लिफ्ट जडान गरिएको छ” गौतमले भने, “यो सम्पन्नपश्चात अपाङ्ग भएका बिरामीसहित सबै खालका बिरामीलाई सहज हुनेछ ।”
रु ४१ लाखमा लिफ्ट निर्माण गर्ने गरी सयपत्री सोलुशन प्रालिले जिम्मा लिएको हो । निर्माण कम्पनीले साउन १५ सम्म काम सक्ने सूचना अधिकारी गौतमको भनाइ छ । गत आर्थिक वर्षमा नै लिफ्ट निर्माण गरी सक्ने भनिए पनि बन्दाबन्दीका कारण सम्पन्न गर्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष केबी रानाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार