मूल्याङ्कनमा अघिल्लो वर्ष अन्तिममा परेको सिन्धुपाल्चोक यो वर्ष उत्कृष्ट
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २०:१७:११
१३ साउन, सिन्धुपाल्चोक । गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो ।
गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६/७७ मा कार्यसम्पादन मूल्याङ्कन सम्झौता भएको थियो । छ मुख्य क्षेत्रलाई आधार मानेर १०० भन्दा बढी विषय मापनबाट हुने यो मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्टभित्र पर्न सफल भएको हो । अघिल्लो वर्षको मूल्याङ्कनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो ।
आव ०७६/७७ मा सचिव र प्रजिअ बीचको कार्यसम्पादनका साथै जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्याङ्कनको आधार हो । शान्तिसुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामूहिक सुधारको वातावरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्याङ्कन गरी ग्रेड छुट्याइन्छ ।
जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिम नम्बरमा परेको जिल्लालाई यो वर्ष ‘क’मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रजिअ उमेशकुमार ढकालले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार