विराटनगरको भन्सार राजश्वको लक्ष्यमा ५७ प्रतिशत प्रगति
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २०:३०:४३
१३ साउन, विराटनगर । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल रु २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले कूल रु ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरको छ ।
कार्यालयबाट प्राप्त जानकारी अनुसार आव २०७४/७५ मा रु ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार राजश्व सङ्कलन भएको थियो भने सो अवधिमा रु ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार लक्ष्यमा रु एक अर्ब ५६ करोड ८२ लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो । यस्तै, आव २०७५/७६ मा कूल रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजश्व सङ्कलन गरेको थियो ।
आव २०७४/७५ मा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गर्न सफल सो कार्यालयले आव २०७५/७६ मा पनि राजश्व लक्ष्य भन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण थियो भने गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।
उनले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजश्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको चर्चा गरे। अहिले सङ्कलित राजश्व आव २०७५/७५ को भन्दा रु चार अर्ब ४४ करोड ९६ लाख ५४ हजारले कम हो भने आव २०७५/७६ को तुलनामा रु नौ अर्ब ९२ करोड ६० लाख ५९ हजारले कम हो ।
विगत तीन वर्षको भन्सारको राजश्वलाई नियाल्दा विभागले लक्ष्य बढाउने र कार्यालयले लक्ष्यअनुसार प्रगति गर्न नसक्दा कर्मचारीमा निराशा मात्र होइन, काम गर्ने जागर पनि घट्ने भएको यसतर्फ विभागको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । गएको आवमा सङ्कलित राजश्वमा भन्सार महसुल रु १२ अर्ब चार करोड २९ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु १४ अर्ब ७६ करोड ७४ लाख ४७ हजार र अन्तःशुल्क रु एक अर्ब ५५ करोड ३० लाख ६७ हजार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार