स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालयहरुमा पढाइ शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २१:३२:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/school-_pCSp0lqRbH.jpg)
१३ साउन, पाल्पा । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।
रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक तह माध्यामिक तहलाई पालो अनुसारको पढाइ शुरु गरेका छन् । निजी विद्यालय केहीले बिहान ७ बजेदेखि र केहीले ९ बजेदेखि शुरु गरेर कक्षा विभाजन गरी तीन ÷तीन घण्टा पढाइ सञ्चालन गरेका छन् । रामपुर अङ्ग्रेजी आवासीय विद्यालयले बिहान हात धोएर, स्यानीटाइजर तथा मास्कको प्रयोग गरी विद्यालय पुगेका विद्यार्थीलाई एक बेञ्चमा दुईका दरले राखेर पढाउन शुरु गरेको छ ।
विद्यालयका प्रिन्सिपल अनन्त भण्डारीले विद्यालय समयमा एउटा कक्षाको विद्यार्थी अर्को कक्षाकोसँग सम्पर्क नहुने तथा विद्यालय समयमा खाजा घर नखुल्ने र भीडभाड नहुने हुनाले उपयुक्त उपाय अपनाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिए । लामो समयदेखि विद्यालय जान नपाएका विद्यार्थीहरु पनि अहिले पढ्न पाउँदा खुशी देखिन्छन् ।
सामुदायिक विद्यालयले गृहकार्य दिने तथा हप्तामा केही दिन बिराएर विद्यालयमै कक्षागत पालो लगाएर पढाइ शुरु गरेका जनाएका छन् । असार १७ गतेदेखि साउन ७ गतेसम्म टोलटोलको विद्यार्थी जम्मा पारेर शिक्षकले पढाउने कार्य पनि झन्झटिलो भएकाले स्वास्थ सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको रामपुर नगर शिक्षा समितिले जनाएको छ ।
यसअघि पहिलो चरणमा टोल शिक्षण, दोस्रो चरणको कार्यक्रम परियोजना कार्य, गृहकार्य, टेलिफोन सम्पर्क तथा घरघरमा शिक्षक तथा तेस्रो चरणमा विद्यालयले सुरक्षाका उपाय अपनाउँदै, भौतिक दूरी कायम राखी तीन घण्टासम्म वैकल्पिक सिकाइ सहजीकरण गरिने रामपुर नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष रमणबहादुर थापा बताउछन् ।
इन्टरनेटका माध्यमबाट अनलाइन कक्षा, टेलिभिजनको पढाइलाई निरन्तरता दिने, टेलिफोनबाट विद्यार्थीले शिक्षकसँग नबुझेको कुरा सोध्न सक्ने तथा नगरका प्रत्येक विद्यालयले विषयगत रुपमा विद्यार्थीका घर घरमा पुगेर गृहकार्य दिने कार्य गएकामा फेरि विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुँदै विद्यालय सञ्चालन गरेको नगर शिक्षा शाखा प्रमुख विकले बताए ।
पाल्पाको पूर्वखोला गाउँपालिकाले भने टोलटोलको पढाइलाई निरन्तरता दिएको छ । टोलमा रहेका भवन, क्वारेन्टाइन नबनाइएका विद्यालयमा पढाइ सञ्चालन गरेको पालिकाले छ । विद्यार्थी सङ्ख्या तथा शिक्षकको सङ्ख्याको आधारमा एउटा वडाको करिब ४० भन्दा बढी टोलमा विद्यार्थीलाई शिक्षा प्रदान गरिएको जनउज्वल आधारभूत विद्यालय अर्खलडाँडाका शिक्षक दिल्लीराज पङ्गेनीले बताए ।
अहिले एउटा टोलमा १० जनासम्म विद्यार्थी राखेर शिक्षा प्रदान गरिएको शिक्षाशाखा प्रमुख डिल्लीराज ढुङ्गानाले जानकारी दिए । पूर्वखोला गाउँपालिका पाल्पाले शिक्षक स्वंयमसेवकसमेत परिचालन गरी शिक्षा प्रदानलाई व्यवस्थित बनाएको छ । निस्दी गाउँपालिका पाल्पाले पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेको छ ।
गाउँपालिका कोरोनाको सङक्रमितको सङ्ख्या नरहेको र अवस्था सामान्य नै रहेकोले स्वाश्थ्य सावधानी अपनाएर विद्यालयमा नै पढाइ सञ्चालन गरिएको शिक्षा अधिकृत प्रमोद यादवले बताए । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका सूचना अधिकारी विष्णु बेल्वासेले भने तीनदेखि चार लाखसम्म छपाइ समग्रीका लागि सरकारको सहयोगसमेत प्राप्त भएका र केही स्थानीय तहले सिकाइ व्यवस्थापन मिलाएको बताए ।
जिल्लाको रम्भा, रिब्दीकोट, रैनादेवी छहरा, माथागढी, तिनाउ गाउँपालिकासँगै तानसेन नगरपालिकामा पनि टोल–टोलमा पढाइ सञ्चालन भएकोे शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जनाएको छ । विस्तारै अन्य विद्यालयहरुले पनि पठनपाठन सञ्चालन गर्ने बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार