हाइड्रोपावर प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २२:२७:५८
१३ साउन, इलाम । इलामको एक हाइड्रोपावर परियोजनाले प्रभावित क्षेत्रको वातावरण जोगाउन कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी हाइड्रो सञ्चालन गर्ने गरेको र तोकिएभन्दा अन्य खोलाबाट समेत पानी ल्याएर हाइड्रोमा लगाएको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।
निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रका बासिन्दाको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । माईखोलाको पानीबाट निर्माण भइरहेको हाइड्रोले प्रभावित क्षेत्रमा समस्या थपेको भन्दै स्थानीयवासी सङ्गठित भएर आन्दोनमा उत्रिएका हुन् । परियोजना प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन शुरु गरेका छन् ।
माईखोलाको पानीबाट निर्माण हुनुपर्ने हाइड्रोले अन्य साना खोला, खोल्साबाट समेत पानी मिसाएको स्थानीयवासीले बताएका छन् । बर्खाको समयमा जे जस्तो भए पनि हिउँदका दिनमा हाइड्रोसँग पानी माग्नुपर्ने स्थिति आएको स्थानीयवासी कुशबहादुर थेवेले बताए । परियोजनाको मुुख्य पानीको स्रोत माईखोला मात्र हुनुपर्ने स्थानीयवासीको भनाइ छ तर हाइड्रोले ससाना खोला र खोल्साबाट पानी ल्याउन थालेपछि बस्तुभाउलाई खुवाउन र सिँचाइ गर्न पानी नभएको उनीहरुको जिकिर छ ।
माईखोला आसपासबाट बग्ने इङलाखोला र समाहखोलाको पानी प्रयोग गर्न नदिने उनीहरुले बताएका छन् । सङ्घर्ष समितिले इङला र समाहखोलाको पानी ल्याउन बनाइँदै गरेको संरचना तत्काल रोक्न आग्रह गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाले पटकपटक सञ्चालकसँग आफ्ना गुनासा राख्दा पनि कुनै सुनुवाइ नभएपछि सङ्घर्ष समिति निर्माण गरेर आन्दोलनमा उत्रिनु परेको समितिका संयोजक गोपाल थेवेको भनाइ छ ।
परियोजना सञ्चालन भएपछि मेगावाटअनुसार स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको रकम बेहोर्नु पर्ने प्रावधान हुन्छ तर सो रकमको पारदर्शितासमेत नरहेको उनको भनाइ छ । आफ्ना माग सम्बोधन नगरे कानूनी प्रक्रियामा जान आफूहरु तयार रहेको समितिले बताएको छ । सहायक खोलाको पानी मिसाउँदा सो क्षेत्रमा सुक्खा लाग्ने र खोलामा कमिला कुद्ने भएकाले पनि सो स्थिति आउन नदिन जनप्रदर्शनदेखि कानूनी उपचारसम्मको बाटो रोज्नुपर्ने दिन आएको समितिका सचिव मानबहादुर गुरुङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार