अन्तर्राष्ट्रिय हिमाली पर्यटन मेलामा नेपाल ‘थिमकन्ट्री’
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २२:३५:५२
१३ साउन, काठमाडौं । चीनको सिचुवान प्रान्तको कान्च प्रिफेक्चरमा बुधबारदेखि हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई ‘थिमकन्ट्री’का रूपमा प्रस्तुत गरिने भएको छ । मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा ३० कक्षमा नेपाली सामग्री राखिने छ । मेलामा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र पर्यटकीय नगरी पोखराको प्रवद्र्धन गरिने छ ।
नेपालको प्रतिनिधित्व एवं संयोजन गर्ने जिम्मा पाएको साइनो नेपाल मिडिया सोसाइटीका अनुसार तीन दिवसीय मेलाकै अवसर पारेर नेपाल–चीन साना तथा मझौला उद्योग प्रवद्र्धनसम्बन्धी कार्यशाला आयोजना हुनेछ । मेलामा थिमकन्ट्रीका रूपमा नेपाललाई प्रस्तुत गरिए पनि नेपाल सरकारलाई कुनै आर्थिक भार पर्ने छैन । कार्यक्रमको सबै खर्च चीन सरकारले नै व्यहोर्ने सोसाइटीले जनाएको छ ।
पोखरासँग भगिनी सम्बन्ध स्थापित भएको सिचुवान तिब्बत, छिङ्गहाई, कान्सु र युनानप्रान्तको सङ्गमस्थल मानिन्छ । हिमाली कला र संस्कृतिमा भरिपूर्ण भएकाले त्यहाँ आयोजना गरिने मेलामा नेपाललाई थिमकन्ट्रीका रूपमा प्रस्तुत गर्न सफल भएको सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताए ।
कान्चमा चीन सरकारले हिमाली कला, संस्कृति र पर्यटनसम्बन्धी चीन र दक्षिण एशियाको प्रदर्शनी केन्द्र निर्माण गर्ने योजना बनाएको छ । प्रदर्शनी केन्द्रमा पनि नेपाललाई पहिलो प्राथमिकता दिन कान्च सरकारले वचन दिइसकेको र यससम्बन्धी समझदारीपत्रमा स्थानीय सरकार र सोसाइटीबीच हस्ताक्षरसमेत गर्ने कार्यक्रम रहेको छ । मेलाबाट कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अप्ठेरो परेको नेपालको पर्यटन तथा हस्तकला उद्योगको प्रवद्र्धन गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।
कान्च प्रिफेक्चरमा करिब ८० प्रतिशत तिब्बती बौद्ध धर्मावलम्बी छन् । उनीहरुका लागि लुम्बिनी प्रमुख र आकर्षक गन्तव्य स्थल हो । उनीहरुका घर, मन्दिर र गुम्बामा नेपालका हस्तकलाका सामान प्रयोग हुँदै आएका छन् । बौद्ध पूजा तथा प्रार्थनाका लागि चीनको तिब्बत, सिचुवान, कान्च, छिङ्गहाईलगायतका प्रान्तका बौद्धमार्गीमा नेपालका मूर्ति, थाङ्का, धुप, कचौरालगायत हस्तकलाका सामग्रीको ठूलो माग छ ।
यस्ता धार्मिक महत्व बोकेका नेपाली हस्तकलाका सामानहरुको व्यापार चिनियाँहरुले गर्दै आएका छन् । सिचुवान नेपालसँग सबैभन्दा बढी हवाई सम्पर्क भएको चीनको प्रान्त हो । सिचुवानको प्रान्तीय राजधानी छन्तुबाट एअर चाइना, तिब्ब्त एअर र सिचुवान एअरले नियमित उडान गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
हिउँद लागेसँगै मेलामहोत्सवको माहोल सुरु, व्यापार बढ्ने आश
पुष २, २०८१ मंगलबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार