जीवन पद्धतिमा समाजवाद, विगत र वर्तमान
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार ०:८:२८
यो आलेख मैले धेरै जानेर बुझ्ने भएर लेखेको हैन । चिशंखुगढी गाउँपालिका ५ सेर्ना, ओखलढुङगामा मेरो उर्जावान समय बिताएको छु र मेरो अटल बिश्वास नेपाली कांग्रेसप्रति छ । म कांग्रेस मात्रै राम्रो अरु सबै पार्टी खराब भन्ने मेरो मनसाय हैन । कांग्रेसका अनेकौं खराबी होलान, तपाईंहरुले बाहिरबाट देख्नु भएको होला मैले भित्रबाट देखेको छु, भोगेको छु ।
कतिपय सवालमा नेतृत्वको कार्यशैलीप्रति फरक मत राखेको छु । व्यक्तिगत स्वतन्त्रता अभिव्यक्त गर्दा लोकतान्त्रिक समाजवादी हुँ भन्ने तर व्यक्तिगत स्वतन्त्रता र बिधिको शासन नबुझ्ने बुर्जुवाको कोपभाजनमा परेर कार्वाही स्वीकार गरेको कांग्रेस हुँ । तर लोकतान्त्रिक समाजवादको सिद्धान्तका सवालमा नेपाली कांग्रेस जत्तिको प्रस्ट आजका मितिसम्म अरु पार्टी छैनन् यो कुरामा म ढुक्क छु, विश्वस्त छु।
प्रजातन्त्र र समाजवाद एउटै दाम्लोका दुईवटा पयो हुन भनेर जननायक बीपी कोईरालाले लेख्नु भएको छ । समयक्रममा नेपाली कांग्रेसलाई प्रजातन्त्रवादी, बिकासवादी, वस्तुवादी हुँदै जुनदिन पुरै नेपालीका घर, ढोकामा पुग्यो त्यो दिन राष्ट्रवादी बनायो, यो इतिहासले प्रमाणित गरेको छ। राष्ट्रवाद सिंगो नेपालको बिम्ब मात्र नभएर राजनीति,भौगोलिक बिभाजन पनि त होला भारत र चीन बीचको भूगोल । यस भूगोलभित्रको हाम्रो राजनीतिक बिभाजन क्षेत्र, अञ्चल, जिल्ला, इलाका पञ्चायत , गा.बि.स. हुँदै संघ, प्रदेश, पालिका, वडा, गाउँ, टोल, बस्तीमा हाम्रो उपस्थितिले गर्ने प्रतिनिधित्वलाई पनि त राष्ट्र नै भन्ने होला ।
स्थानीयताको प्रतिनिधित्व गर्दै समग्रमा एकीकृत भूगोलको साँध, सीमाना भित्र रहने तर भूगोलकै हिसाबमा बिभाजित तराई, पहाड र हिमालमा समावेशी बिकास समन्यायी वितरण र प्रतिनिधित्व नहुनाको कारण नै त होला प्रत्येक १०-१५ बर्षमा आन्दोलन भएको । सधैं आन्दोलनले परिवर्तन गर्छ तर उपलब्धिलाई संस्थागत रुप दिन सक्दैन । अनेकतामा एकता, एकतामा अनेकताको सैद्धान्तिक र व्यवहारिक पाटो छुट्याउन नसक्ने संकिर्ण र संकुचित समाज बनाउन उद्दत प्रवृत्ति नै यसका दोषी हुन । बीपीले बुझेको समाजवाद भनौं या नेपाली कांग्रेसले अंगिकार गरेको समाजवादमा समाज चलायमान हुन्छ, समाजमा आवश्यकता र पहुँच समान हुदैनन्, श्रोत सिमित हुन्छ, समयक्रममा समाजमा वर्ग पैदा हुन्छ ।
समाजका आवश्यकता फरक फरक हुन्छन् । यसले समाजमा असन्तुष्टि पैदा गर्छ । आवश्यक्ता निजी, सामुहिक र सामाजिक हुन्छन् । अनि पूर्ति गर्ने साधन ,स्रोत र अवसर सिमित हुनाले सदुपयोगमा वितरण र उपलब्ध न्यायिक समानताका आधारमा तय गर्ने वस्तुगत समाजवादी दृष्टिकोण या धारणा नै हामीले अंगिकार गर्ने समाजवादी सिद्धान्त हो ,हुनेछ र रहने छ भन्ने कुरा बुझ्न अनि बुझाउन नसक्नु नै आजको पहिलो समस्या हो ।
प्रजातान्त्रिक समाजवाद भन्दा राजा श्री ५, राणा श्री ३ थिए, जाहाँनिया शासन कायम राख्न पारिवारिक व्यवस्थापन गर्नुको सट्टा खोपीमा सिमित राजा, घरमा सिमित प्रजा अनि एक परिवारबाट शुरु शासन रोलक्रममा रहन क, ख ,ग, घ श्रेणीमा बिभाजन र निष्कासनको श्रृङखला र त्यसको परिणाम जुनदिन प्रजातन्त्रका निम्ति खोपीमा बसेका राजा, निष्कासनमा परेका राणा र घरमा बन्धक प्रजा एक ठाउँमा उभिए १०४ वर्षको जाहाँनिया राणा शासन अन्त्य भयो ।
इतिहासमा भुमिका व्यायाम शिक्षक, हजाम, नर्स, सिपाही र कर्मचारीको तहगत रुपमा उल्लेख छ तर नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादले इतिहास जन्माएको छ । यससँगै कांग्रेसका आरोह अवरोह शुरु भएका हुन । यसको ऐतिहासिक विरासतमा मातृकाप्रसाद ,टंकप्रसाद, डा.के. आई सिंह, तुलसी गिरि, विश्व बन्धु थापाहरु पैदा भए । यसैका लागि सुर्यबहादुर, किर्तिनिधि, लोकेन्द्रबहादुर, मरिचमान कम्युनिस्ट बने, माले बने, मण्डले बने तर कालान्तरमा सबै विलीन भए । फलस्वरूप नेपाली कांग्रेसले आफ्नो गौरवपूर्ण इतिहास बनाउन सक्षम बन्यो ।
संगठन र सिद्धान्तका प्रतिमुर्ति बीपी, सौहार्य र दौलतका बिम्ब सुबर्ण, आस्था र निष्ठाका पर्याय कृष्णप्रसाद र त्याग र हिम्मतका पर्याय गणेशमान लगायतको गर्विलो ईतिहास नै आज आम कांग्रेस हो । यसमै हुर्केका छन् देउवा, ठाकुर र गच्छदार प्रवृत्तिका कांग्रेसीहरु अनि यिनीहरुकै स्याहार संरक्षणमा उत्पादन भएका तथाकथित उत्तराधिकारिहरु आज प्रदेश, जिल्ला, पालिकामा ऐंजेरु बनेर बसेका छन् । यो ऐंजेरु उखेल्नु र फ्याँक्नु सच्चा कांग्रेसको पहिलो अभिभारा हो । पदमा रहेका सत्ताका पिपाशुहरु जब को हौं नागरिक ? भन्छन र कांग्रेसको लोकतान्त्रिक समाजवाद भुल्छन, शैक्षिक, आध्यात्मिक, सामाजिक–आर्थिक क्षेत्रका आस्थावान, निष्ठावान कार्यकर्ताले बिकल्प दिन तयार हुनुपर्छ तर के भुल्नु हुदैन भने गलतको बिकल्प गलत नै हुनुहुँदैन ।
समाजवादको बिकल्प समाजवाद नै हुन्छ । भन्नका लागि हामी मात्र हैन कम्युनिस्टहरुले पनि समाजवाद नै भन्छन् भनेर भन्न सकिएला तर कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद अन्तिम नभएर साम्यवाद उन्मुख समाजवादमा लामो समयसम्म टुटफुट हुँदै आज सम्म यो श्रृङखला कायम रहेकाले नेपालमा रणनीतिक उपयोगका लागि मात्र मधुरो, अस्पस्ट भाषामा मात्र समाजवाद भन्ने गरेका हुन । क्षणिक आत्मरत्तिमा रमाउन सकिएला तर नेपाली कांग्रेसको अन्तिम लक्ष्य प्रष्ट छ, कार्यनीतिक रुपमा समाजवाद तर आजसम्म पनि कम्युनिस्ट पार्टीहरुले रणनीतिक रुपमा मात्र समाजवाद भन्ने गरेकोले यिनीहरुमा बिचलन आउनु स्वभाविक हो ।
आज कांग्रेसको समस्या कहाँ हो भने प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक आधारलाई कार्यक्रममा, कार्य पद्धतिमा र व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेको छैन । लामो समय सरकार संचालनमा हुँदा रहँदा पनि समाजवादको आधार तयार गर्न न्युनतम कार्यक्रम ल्याएर कार्यान्वयन गर्न तत्परता देखाउन नसकेकै कारण आम पार्टी कार्यकर्ता अनि आम नागरिकमा असन्तुष्टि छ । समाजवादको लक्ष्यमा पुग्ने आधार निर्माणका लागि गिरि, थापा, देउवा, ठाकुर, गच्छदारहरु सिद्धान्त नबुझेर या नपढेर त्यत्तिकै तत्पर भएका त पक्कै हैन होला किनकि उहाँहरु बीपी, कृष्णप्रसाद, गणेशमान, सुर्यप्रसादहरुको संगतबाट निष्ठा, आस्था र सिद्धान्तमा दिक्षित हुनुहुन्थ्यो । तर उहाँहरुको विचारमा किन विचलन आयो त ? यो कुरा बुझ्न बुझाउन सक्नु नै कांग्रेसको आजको पहिलो र अनिवार्य अभिभारा हो ।
समाजवाद ज्ञान र दर्शन हो भने ग्रहण गरौं ,सिद्धान्त हो भने अध्ययन गरौं अनि जीवनपद्दति बनाऔ । कम्तिमा पालिका स्तरका कार्यकर्ताले के गर्ने ? जिल्ला स्तरका कार्यकर्ता ठीक ठीकैका समाजवादी, प्रदेश स्तरका कार्यकर्ता आधाउधी र केन्द्रीय स्तरमा त पुरै समाजवादी देखिनु पर्ने होला नि । हाम्रो परिवार, हाम्रो व्यवहार, हाम्रा आफन्त, नातागोता, हाम्रा वरिपरि रहनेमा समाजवादको बिम्ब आउन सकेन भने हामी त अवसरबाट केही जोडौंला तर कांग्रेस जोडिन सक्दैन् ।
अहिले नभएको यही नै हो । सिद्धान्त समाजवादी, जीवन पुँजीवादी, व्यवहार अवसरवादी र यसैको परिणामस्वरूप नेपाली कांग्रेसमा तहगत गिरोह निर्माण गरि पार्टी कब्जा गर्ने ,त्यसका लागि जित्नु पर्नेलाई हैन जित्नेलाई च्यापेर टिकट दिने, पार्टी उठाउनेले हैन चन्दा उठाउनेले टिकट पाउने अनि क्रमशः नागरिक भन्दा पार्टी ठुलो, पार्टी भन्दा नेता ठुलो अनि ठुलो हुँदै जाँदा विचरा त्यो समाजवादीलाई एउटा घर, सानो गाडी, छोराछोरीलाई बोर्डिङ स्कुल, ढोकामा जि हजुरी गर्ने अवसरवादी झुन्ड, गाडीमा चाकडी गर्ने कर्मचारी, अनि नुहाउन जाँदा, शौच गर्न जाँदा फोटो खिच्ने पत्रकार भए त्यो समाजवादी अनि चै काठमाडौ बसेर जिल्लालाई केही गर्न सक्थ्यो कि ? विरासत जोगाउन समाजवादी गिरोह निर्माणमा लागि पर्दो हो नि ? यसैको परिणाम हो २०६४, २०७०, २०७४ को चुनावी परिणाम, जुन हाम्रा सामुन्ने छ ।
यसर्थ, केन्द्र छोडौं, प्रदेश छोडौं, जिल्ला नजिकबाट नियाल्दै, नेपाली कांग्रेस चिशंखुगढी भरलाग्दो, रहरलाग्दो र जनप्रिय बनाउन आस्थावान कांग्रेस, निष्ठावान कांग्रेस, ठुलाघरे कांग्रेस, माझघरे कांग्रेस, सरकारवादी कांग्रेस ,प्रतिपक्षी कांग्रेस ,स्वार्थी कांग्रेस ,अवसरवादी कांग्रेस गिरोहका कांग्रेस, सबै सबै निरन्तर एक ठाउँमा बसौं । साझा चौतारीमा अनि वादविवाद ,छलफल, तर्क, बहस गरि जनजीविकाका सवालमा, लैङ्गकी विभेद, जनजाति, दलित, बेरोजगार,कृषक, शिक्षा,स्वास्थ्य, स्थानीय सरकार, यहाँका अवसर र चुनौतिका बारेमा समाजवादी धारणा निर्माण गरौं । यो नै आजको चिशंखुगढी कांग्रेसको पहिलो अपरिहार्य आवस्यकता हो । वादे वादे जायते तत्ववोध, चरै वेति चरै वेति !!
याद रहोस् ! हामीसँग खरायो छ, हामी खरायो कै बिशेषता पहिचान गरौं, यसकै महत्त्व बुझौं र उपयोग गरौं, कुनै तान्त्रिक या चटकेले खरायोको सिङ पनि हुन्छ भनेको भरमा सिङ खोज्न समय बिताउनु भन्दा अन्तिम सत्य बुझ्ने बुझाउने प्रयत्न गरौं । स्मरण रहोस्, खरायोको सिङ हुदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार