ललितपुर महानगरपालिकाका मुख्य सडकमा जडान हुँदै ‘स्मार्ट’ बत्ती
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २३:५५:२६
१३ साउन, ललितपुर । महानगरपालिकाका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा उक्त बत्ती जडान गर्न लागिएको हो ।
कुपण्डोलस्थित नबिल बैंकअगाडि आज स्मार्ट सडक बत्तीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका तीनवटा सडकमा कूल छ सय ६९ स्मार्ट सडक बत्ती जडान गर्न लागिएको बताए । उनले भने, “हामीले वाग्मतीको पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालयन होटल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मङगलबजार लगनखेल र पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म सडक बत्ती जडान गर्न लागेका हौँ ।” ललितपुरमा रहेका छ पालिकामध्ये सो सडक बत्ती जडान गर्ने यो पहिलो पालिका रहेको उनले दाबी गरे ।
महानगरपालिकाका उपप्रमुख गीता सत्यालले स्मार्ट सडक बत्ती सोलारभन्दा कम खर्चमा जडान हुने बताए । उनले भने, “यो बत्ती निकै प्रभावकारी छ । यस बत्तीलाई कम्प्युटरको सहायताले सर्भर कक्षबाट नियन्त्रण गरिनेछ ।” क्रम्टन महावीर जेभीले सडक बत्ती जडानको जिम्मा लिएको सत्यालले जानकारी गराए ।
सो बत्ती जडान शुरु गरेको ४५ दिनमा परियोजना सम्पन्न गर्ने योजना महानगरपालिकाको छ । गत २०७६ भदौ २ गते सम्झौता भएको उक्त परियोजनामा महानगरपालिकाको कूल रु पाँच करोड २० लाख लाग्ने जनाइएको छ । महानगरपालिकाका यी क्षेत्रहरुमा पहिलो चरणमा बत्ती जडानको काम सम्पन्न भएसँगै दोस्रो चरणमा अन्य थप वडाहरु बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल र हरिसिद्धि जडान गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार