पद जोगाउन बामदेवसँग ओलीको सेटिङ, भैंसेपाटीमा सुटुक्क भेटवार्ता
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार ३:२:४९
१३ साउन, काठमाडौं । प्रचण्ड गुट छाडेर आफ्नो क्याम्पमा आएपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भैंसेपाटी पुगेर उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् । पछिल्लो समय बालुवाटार र शीतलनिवास नछाडेका ओली पहिलोपटक प्रधानमन्त्री र अध्यक्ष पद जोगाउन भैंसेपाटी पुगेका हुन् ।
खासगरी मंगलबारको बैठकमा ६ बुँदे प्रस्ताव पेश गरेर प्रधानमन्त्री ओलीको दुवै पद सुरक्षित राख्न लबिङ थालेपछि बामदेवको समीपमा ओली पुगेका हुन् । बामदेवको बोली फेर्ने शैली र लचकता अपनाउने कमजोरीलाई मध्यनजर गरेर अब ओलीले आफ्नो गुट शक्तिशाली बनाउने योजना बनाएका छन् ।
बामदेवको प्रवेशसँगै ओली अब सचिवालयमा पनि बहुमतमा पुगेका छन् । यससँगै मंगलबारको स्थायी कमिटी बैठकलाई पनि ओलीले चुनौति दिएका छन् । ओलीले एकलौटी स्थगित गरेको बैठक प्रचण्डले बहुमतका आधारमा सञ्चालन गरेका थिए । प्रचण्डको बैठकले ओलीले विधानविपरित बैठक स्थगित गरेको ठहर समेत गरेको थियो ।
जसलाई बामदेवले बचाउ गरेका थिए । उनले अब ओलीलाई दुुवै पदबाट हटाउनेभन्दा महाधिवेशनसम्म सहमति गरेर जानुपर्नेमा जोड दिएका थिए । बामदेव र ओलीको सहकार्यलाई अर्थपूर्ण ढंगले हेरिएको छ । यसले प्रचण्ड माधव नेपाल गुटलाई भने खुल्ला रुपमा चुनौति दिएको छ ।
यसअघि ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउनुपर्ने पक्षमा उभिएका प्रचण्ड र माधव नेपाल अब आफ्नो अडानबाट पछाडी हट्नुपर्ने अवस्था आईलागेको छ । पछिल्लो समय पूर्व माओवादी र पुर्व एमाले नेताहरु पनि प्रचण्डभन्दा स्थिरताका लागि ओलीको पक्षमा उभिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार