पूर्वमन्त्री थापासहित राप्रपाका केन्द्रीय नेता कांग्रेसमा प्रवेश
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार ३:२५:२५
१३ साउन, काठमाडौं । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ परित्याग गरेका पूर्व मन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापा सहितका नेतालाई पार्टी सदस्यता सहित स्वागत गरे । पार्टी प्रवेशसँगै राप्रपाका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई पार्टी सहमहामन्त्री मनोनयन गरिएको सभापति देउवाले कार्यक्रममा जानकारी गराए ।
“जनताका आधारभूत स्वतन्त्रतामाथि प्रहार भइरहेका बेला सबै लोकतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था छ, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, नागरिकका फोन ट्यापिङ गर्ने लगायत अलोकतान्त्रिक गतिविधि नियन्त्रणका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एक गराउने अभियानमा कांग्रेस लागेको छ”,–उनले भने। नवप्रवेशी नेताहरुलाई हीन भावना त्यागी सबैको अधिकार समान हो भन्ने भावनाले लोकतन्त्र प्रवद्र्धनका लागि काम गर्न पनि सभापति देउवाले आह्वान गरे ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुनिलबहादुर थापा प्रतिगामी कित्तामा जान असहमत भई कांग्रेस प्रवेश गरेका बताउदै राजतन्त्र पुनःस्थापना गर्ने लक्ष्यले राप्रपा एकजुट भएकोप्रति आपत्ति जनाए । “कम्युनिष्ट पार्टीले संवैधानिक रुपमा व्यवस्थित गरिएका लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् नगरेका बेला राजतन्त्र पुनःस्थापनाको मुख्य लक्ष्य लिएर राप्रपा एकजुट हुँदा फेरि देश प्रयोगशालामा परिणत हुन लागेको छ, यसलाई रोक्न लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प छैन”–उनले भने । नवप्रवेशी नेताहरुलाई आफ्नै घरमा आएको सोचेर काम गर्न आह्वान गर्दै उनले कम्युनिष्ट पार्टीलाई पनि लोकतान्त्रिक समाजवादको मूलधारमा हिँडाउनुपर्ने बताए ।
पार्टी उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमाथि वर्तमान सरकारबाटै खतरा रहेको उल्लेख गर्दै हिन्दू राष्ट्रको मुद्दा मान्न तयार हुन सकिए पनि राजतन्त्र पुनःस्थापनामा सहमत हुन नसकिने विचार राखे । पञ्चायती व्यवस्थामा पनि उदारवादी छवि बनाएका पूर्व प्रधानमन्त्री थापाको परिवार पुनःकांग्रेस प्रवेश गरेपछि नेपालमा लोकतन्त्रवादी शक्ति बलियो हुने उनको भनाई थियो ।
नेता थापाले पटकपटक प्रजातन्त्र स्थापना एवं पुनस्र्थापनाको नेतृत्व गरेको दल कांग्रेस प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुसी लागेको अनुभव सुनाए । आफ्ना पिता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पहिले कांग्रेसमै रहेको प्रसङ्ग उनले उल्लेख गरे । “ विश्व परिवेशबाट नेपाल एक्लिन थालेको छ, यसैले लोकतन्त्रवादी शक्तिबीच वृहद् एकताको विकल्प छैन, यो विचारमा राप्रपा सहमत नभएपछि हामी कांग्रेस प्रवेश गरेका हौँ”, उनले भने । संसद्वादी दल एकजुट हुनुपर्ने आफ्नो मत राप्रपाले लत्याएकाले पनि आफू कांग्रेस प्रवेश गरेको नेता थापाको भनाई थियो । आजै कांग्रेस प्रवेश गरेका नेता वृजलाल यादवले मधेशी, जनजाति, दलित लगायत उपेक्षित वर्गका विषयमा राप्रपाले आवाज उठाउन छोडेपछि कांग्रेस प्रवेश गर्नुपरेको बताए ।
कांग्रेस प्रवेश गर्नेमा थापासँगै धनकुटा राप्रपाका सबै तहका समिति रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी बाराका नेता यादव, मोरङका नेता रामकृष्ण भट्टराई, पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, झापाका दिलीप राई, नुवाकोटका राज्यलक्ष्मी श्रेष्ठ, झापाकै चतुरमान विक, सर्लाहीका रामपदारत साह, भोजपुरका डा सुरेश बस्नेत, रुपन्देहीका प्रतिमा राणा क्षत्री, भोजपुरका नारायण राउत र सिन्धुपाल्चोकका इन्द्रबहादुर राउत छन । थापासँग निकट राप्रपाका जिल्ला नेताहरु भने जिल्लास्तरमै पार्टी प्रवेश कार्यक्रम आयोजना गरी विधिवत् प्रवेश गर्ने जानकारी पनि सो अवसरमा गराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार