समृद्धिको सपना र स्थिरताको नारा बोकेको सरकार निर्वस्त्रः नेता केसी
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १४:४१:५८
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले समृद्धिको सपना र स्थिरताको नारा बोकेको सरकार निर्वस्त्र देखिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता केसीले नेकपा विवाद पुष्पकमल दाहाल प्रचण्डको उच्चस्तरीय संयन्त्रको माग र प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशपछि आजसम्म ६ महिना नाघेको बताएका छन् ।
पार्टी एकतापछि नेकपाभित्र देखिएको यो विवाद अहिलेसम्मकै चरम बन्दै गएकाे छ । विवाद मिलाउनकै लागि कैयौंपटक नेताहरूबीच गुटका छुट्टाछुट्टै भेला भएपनि विवाद अझै चरममा पुगेकाे छ । बीचमा नेताहरूबीच घनीभूत छलफल गरेर निचोड निकाल्ने भनिए पनि परिस्थिति झन् बिग्रिएपछि अध्यक्षद्वय आआफ्नो समूह बलियो बनाउने ध्याउन्नमा लागेका छन् ।
उनले भनेका छन्, यो बीच कोरोना संकट, प्राकृतिक प्रकोप, जनजीवनका दयनीय समस्या र राष्ट्रिय दायित्व सरकारको विषयनै बनेन। समृद्धिको सपना र स्थिरताको नारा बोकेको यो सरकार निर्वस्त्र देखिएको छ।
पछिल्लो समय समृद्धिप्रतिको सरकारको संकल्पप्रति नै अविश्वासको स्थिति सिर्जना हुन लागिसकेको छ । सरकार प्रमुखको हरेक सम्बोधनमा समृद्ध नेपाल निर्माण गर्ने संकल्प आउँछ, तर कथा पुरानै छ, व्यथा पुरानै छ । आखिर गाँठो कहाँ परेको छ ? राज्य हरेक ढंगबाट असुरक्षित हुँदै गएको वर्तमान परिस्थितिमा जनताले ओलीको छनोटमाथि नै प्रश्न गर्न थालेका छन् । यत्तिको प्रतिवद्धता हुँदाहुँदै पनि परिवर्तनको आभाष हुन नसक्नुमा कमजोर को ? ओली ? ओलीको टीम वा अन्य कोही ? यो आजको गम्भीर प्रश्न हो, नेता केसीले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार