दाङमा रु एक करोड लगानीमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १६:५१:७
१४ साउन, दाङ । गढवा गाउँपालिकाले जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको रु एक करोड लगानी र सरोकारवाला निकाय, स्थानीय जनताको आर्थिक श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको पालिकाले जनाएको छ ।
उपचार केन्द्र निर्माण सम्पन्न भएर सञ्चालनको अन्तिम तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । विषालु सर्पका कारण बर्सेनि उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरेको उनको भनाइ छ ।
सर्पदंश उपचार केन्द्र स्थापना भए पनि सञ्चालनमा ल्याउन केही समय लाग्ने पालिकाले जनाएको छ । केन्द्र सरकारले सञ्चालनका लागि स्वीकृति प्रदान गरिसकेको छ । यस्तै प्रदेश सरकारबाट उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्री प्राप्त हुनासाथ सर्पदंश उपचार केन्द्र सञ्चालन हुने अध्यक्ष यादवले बताए । प्रदेश सरकारको आपूर्ति केन्द्रबाट प्रथम चरणमा कम्तीमा ३०० डोज उपचारमा अति आवश्यक पर्ने स्नेक एन्टी भेनम ल्याउन लागिएको समेत उनले बताएका छन् ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि प्रदेश र केन्द्रसँग स्वास्थ्य कार्यालय दाङले समन्वन्यात्मक काम गर्दै आएको बताए । प्रमुख पौडेलले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न आवश्यक सबै मापदण्ड पूरा भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट समेत स्वीकृत भइसकेको जानकारी दिए । उनका अनुसार अबको एक साताभित्रमा सर्पदंश उपचार केन्द्र विधिवतरूपमा सञ्चालनमा आउने छ ।
उक्त केन्द्र सञ्चालनका लागि रिपुमर्दन गण घोराहीबाट नेपाली सेनाको एक प्राविधिक टोलीसमेत परिचालन भइसकेको छ । रक्षा मन्त्रालयसँगको समन्वयमा उपचारमा खटिने नेपाली सेनाको प्राविधिक टोलीको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनले केन्द्रमा सर्पदंशको उपचार गर्न आउने बिरामीको उपचार खर्च सबै गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धतासमेत गरेका छन् ।
उक्त क्षेत्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि गढवा, राजपुर, राप्ती, लमहीलगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्ने छ । यसका साथै प्युठान, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, सल्यानलगायत छिमेकी मुलुक भारतका नागरिकले पनि उपचार सेवा पाउनेछन् । गढवा, राजपुर, राप्ती लमही क्षेत्रमा सर्पदंशका कारण बर्सेनि थुप्रैको अकाल ज्यान जाने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा मात्रै १५ जनाको सर्पदंशबाट ज्यान गएको थियो । गढवा गाउँपालिकामा मात्र ५२ जनालाई सर्पदंश भएको थियो ।
जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले समयमै उपचार नपाउँदा धेरैको अकाल ज्यान जाने गरेको थियो । केही दिनअघि मात्रै राप्ती गाउँपालिकाका एक बालकलाई सर्पले डस्दा समयमा उपचार हुन नसकेपछि ज्यान गएको थियो । हिउँदमा भन्दा गर्मीयाम तथा वर्षायाममा सर्पको बढी बिगबिगी हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या
कात्तिक १३, २०८१ मंगलबार
कालीगण्डकीमा पक्की पुल निर्माण भएपछि सर्वसाधारण खुसी
कात्तिक ११, २०८१ आइतबार
अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने
कात्तिक ९, २०८१ शुक्रबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण
कात्तिक २०, २०८१ मंगलबार
कीर्तिपुर नगरपालिकाको मेयरका लागि नगर सभापतिसहित कांग्रेसबाट ११ जनाको नाम सिफारिस
कात्तिक २०, २०८१ मंगलबार
यसरी हुँदैछ उपत्यकामा छठको तयारीः फोटोफिचर
कात्तिक २०, २०८१ मंगलबार
पृथ्वीराजमार्गमा दुई लेनको ६३ किमी सडक कालोपत्र
कात्तिक २०, २०८१ मंगलबार