२४ लाख बजेट खर्च गरेर तिला नदीमा र्याफ्टिङ शुरु
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १७:२१:२४
१४ साउन, जुम्ला । तिला नदीमा पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु भएको छ । गो कर्णाली ट्राभल्स एण्ड टूरले सो र्याफ्टिङ सञ्चालनमा ल्याएको हो । साहसिक मानिएको र्याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको छ ।
ट्राभल्सका सञ्चालक ललितजङ्ग महतका अनुसार साउन महिनामा र्याफ्टिङ निकै प्रभावकारी भएको छ । तिला नदी भौगोलिकरूपमा निकै उत्तम भएको र पानीको गति राम्रो मानिएको छ । “शुरुमा चाररपाँच पटक परीक्षण सञ्चालन गरियो । त्यसपछि व्यावसायिकरूपमा अगाडि बढाइएको छ”, सञ्चालक महतले भने । यस व्यवसायलाई कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको उनको भनाइ छ ।
साहसिक यात्रा गर्ने पर्यटकका लागि रैथाने खाना र नास्ताको व्यवस्थासमेत गरिएको सञ्चालक महतले बताए । र्याफ्टिङबाट तातोपानी धारामा नुहाउनदेखि मार्सी चामलको भात र तिलामा पाउने असला माछासमेत खान पाइने गो कर्णाली ट्राभल्स एण्ड टूरले जनाएको छ । सोह्र किलोमिटर यात्राका लागि र्याफ्टिङ गर्न प्रतिव्यक्ति रु दुई हजार शुल्क निर्धारण गरिएको छ । अहिले शुरुआती चरणमा सो व्यवस्थाका लागि रु २४ लाख बजेट खर्च भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
बाक्लो हुस्सुले ढाकेको इनरुवा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा झण्डा फहराउँदै वडाध्यक्ष गुरुङ
मंसिर ९, २०८१ आइतबार