प्रदेश सरकारका योजनाहरु प्रभावकारी र नतिजामुखी छन् : मुख्यमन्त्री पौडेल
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १९:३४:४५
१४ साउन, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजनानुरुप नै कार्य सञ्चालन भएको पाइएको भन्दै खुशी व्यक्त गरे।
प्रदेश प्रमुख विष्णु प्रसाइसहित थाहा पुगेका पौडेलले थाहानगरका थाहा स्मारक पार्क, शीतभण्डार, बसपार्क, आँखा उपचार केन्द्र लगायतको अवलोकन गरेका थिए । अवलोकनका क्रममा उनले थाहानगर पर्यटकीय नगर भएकाले पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पर्यटन प्रवद्र्धनमा नगरपालिकाले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्नातर्फबाट सहयोग हुने भन्दै उद्यान परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको ‘कोशेली घर’लाई तत्काल सञ्चालन गर्न अनुरोध गरे ।
मुख्यमन्त्री पौडेलले प्रदेशको सहयोगमा वडा नं ४ थानाबजारमा निर्माण थालिएको बसपार्कको अनुगमन गर्दै ‘बसपार्क निर्माण एप्रोच’ अरूका लागि सिकाइको केन्द्र भएको धारणा राखे ।
भ्रष्टाचारमुक्त प्रदेश बनाउन निर्देशन
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रदेश सरकारको नीतिलाई आत्मसात् गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका मुख्यमन्त्री पौडेलको स्वच्छ प्रदेश निर्माण अभियानको पहिलो कडी सुशासन भएको र भ्रष्टाचारमुक्त प्रदेश बनाउने प्रदेश सरकारको ध्ययअनुरुप काम गर्न अनुरोध गरे ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, हेटौँडामा आयोजित समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखाका प्रमुखहरु तथा मन्त्रालय मातहतका प्रदेशका सबै कार्यालयका प्रमुखलाई निर्देशन दिँदै मन्त्री फुयाँलले मन्त्रालय मातहतका कार्यालयहरुले बजेटको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए । मन्त्री फुयाँलले साउन १ गतेदेखि नै बजेट कार्यान्वयन चरणमा प्रवेश गरिसकेकाले पहिलो चौमासिकमा गर्ने भनिएका कामको दोस्रो चौमासिकमा समीक्षा गरिने उल्लेख गरे ।
उनले तेस्रो चौमासिकको मध्य सम्ममा कार्यसम्पादन नै पूरा गर्नेगरी काम गर्नुपर्ने बताए। मन्त्री फुयाँलले भौतिक पूर्वाधारको क्षेत्रमा मात्र नभएर यातायातको क्षेत्रमा समेत जनतालाई अनुभूति हुनेगरी परिवर्तन ल्यान काम गर्नुपर्नेमा जोड दिए। यसैबीच मन्त्रालयका सचिव तेजराज भट्टले मातहतका प्रमुखसँग कार्यसम्पादन करार गरेका छन् । त्यस्तै महाशाखा प्रमुखहरुले मातहतका कार्यालय प्रमुखसँगसमेत कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार