च्याङ्ग्रे पोखरी रु दुई करोड १२ लाखको लागतमा संरक्षण र निमार्ण हुँदै
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १९:५२:५९
◊ युवराज विष्ट
१४ साउन, भोजपुर । पौवादुङमा गाउँपालिकाले ऐतिहासिक एवं धार्मिक च्याङ्ग्रे पोखरी र पञ्चकन्या माध्यमिक विद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । गाउँपालिकाले पहिचानका रुपमा रहेको च्याङ्ग्रे पोखरीको बृहत्तर विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ डिपिआर तयार गरेको हो । डिपिआरअनुसार पोखरीको कूल निर्माण लागत रु दुई करोड १२ लाख ५९ हजार ७४ रहेको छ ।
पोखरीको क्षेत्रफल विस्तार गर्दै पोखरी परिसरमा पञ्चकन्या मन्दिरको निर्माण गर्ने, पानी वोट सञ्चालनमा ल्याउने, ढलको व्यवस्था गर्ने, बगैँचा निर्माण गर्ने, पानीको उचित व्यवस्थापन तथा सरसफाइसँगै घेरबार लगाउने लगायतका काम गरिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माविको पनि डिपिआर तयार गरेर काम अगाडि बढाइने भएको छ । विद्यालयको पुरानो स्वरुपलाई यथावत् राख्दै भौतिक संरचना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । डिपिआरअनुसार विद्यालयका विभिन्न संरचना निर्माणका लागि रु एक करोड २७ लाख ५९ हजार लाग्ने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । सो विद्यालयलाई गाउँपालिकाको नमूना विद्यालयका रुपमा विकास गर्नेसमेत अध्यक्ष राईले बताए । विद्यालयको गुणस्तर वृद्धि गराउनका लागि अभिभावकहरुसँग समन्वय गरेर आवासीय विद्यालय बनाइने अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिका अध्यक्ष राईले भने, “हामीले निर्माण गर्ने योजनामा राखेका पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाएका छौँ, हाम्रो योजनामा रहेका सबै क्षेत्रको विकासमा गाउँपालिकामा आएको बजेटले नपुग्ने भएकाले प्रदेश सरकार तथा केन्द्र सरकारसँग विस्तृत परियोजना प्रतिवेदन देखाएर रकमको माग गरिरहेका छौँ, गाउँपालिकामा आएको रकमले पनि कतिपय काम शुरु भइसकेका छन्, गाउँपालिकाको सबै क्षेत्रको विकासका लागि गुरुयोजनामा बनाएर काम गर्ने उद्देश्य भए पनि रकम अभावले मुख्य मुख्य क्षेत्रको छनोट गरेर छुट्टाछुट्टै डिपिआर तयार गरेर काम अगाडि बढाएका हौँ ।”
गाउँपालिकाले यसअघि पर्यटकीय क्षेत्र अरुणडाँडा, च्याङग्रे दृश्यावलोकन स्तम्भ, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मीरा राई रङ्गाशाला, सन्तानेश्वर महादेवलगायत क्षेत्रको डिपिआर तयार गरेर प्रदेश सरकार सँगको सहकार्यमा कतिपय ठाउँमा कामसमेत अगाडि बढाइसकेको छ ।
त्यस्तै गाउँपालिकाले किराँत दुङमाली भाषा संरक्षण मञ्चको पनि डिपिआर तयार गरिसकेको छ । दृश्यावलोकन स्तम्भ निर्माणका लागि रु ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणका लागि दुई करोड सात लाख र अरुणडाँडामा भवन निर्र्माण तथा अन्य संरचना निर्माणका लागि रु चार करोड ५० लाखको लागत बराबरको डिपिआर तयार गरेको हो ।
विद्यालयमा बान्तवा भाषा
हतुवागढी गाउँपालिका क्षेत्रका विद्यालयमा राई बान्तवा भाषाको पठनपाठन हुने भएको छ । गाउँपालिकावासी अधिकांश राई बान्तवा रहेकाले गाउँपालिकाले बान्तवा भाषामा पठनपाठन सञ्चालन गर्ने भएको हो । गाउँपालिकाले सातौँ गाउँसभाको नीति तथा कार्यक्रममा भाषालाई प्राथमिकता दिएसँगै हतुवागढी क्षेत्रका विद्यालयमा बान्तवा भाषाको पठनपाठन शुरु गर्न बजेट विनियोजन गरेको हो ।
बान्तवा भाषा पठनपाठनका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । बजेट विनियोजन भएसँगै गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई आफ्नो विद्यालयमा भाषा कक्षा पढाइ हुने सम्भावनाबारे गाउँपालिकाको शिक्षा शाखासँग सम्पर्कमा रहन अनुरोधसमेत गरिएको छ । गाउँपालिकाका अधिकांश बान्तवाले हतुवाली भाषा बोल्ने गरेका छन् । बान्तवा भाषामा हतुवाली, आम्चोके, दिल्पाली र सावाली गरी चारवटा भाषा बोल्ने गरिएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार