बिरामीसहित खोलाले बगाएका दुई एम्बुलेन्स प्रहरीद्वारा बचाउ
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २०:०:५२
१४ साउन, तुलसीपुर । बाढीले आज बिहान बगाएका दुई एम्बुलेन्सको प्रहरीले बचाउ गरेको छ । जिल्लाको लमही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल बचाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
बिहान ५ः०० बजेतिर नारायणपुरबाट तुलसीपुर आउँदै गरेको रा१च ८९२ नंको एम्बुलेन्सलाई घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुर खोलामा आएको बाढीले बगाएको थियो । २० मिटर तल बगाएको उक्त एम्बुलेन्सलाई प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारसहित पुगेको सात जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी उपरीक्षक गणेश चन्द सहितको २० जनाको टोलीले सकुशल बचाएको हो । उक्त एम्बुलेन्समा पाँचजना सवार थिए ।
त्यस्तै, आजै बिहान ५ः०० बजेतिर घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोलाले पनि कपिलवस्तुबाट तुलसीपुर आउँदै गरेको रा१च ८११ नंको एम्बुलेन्स सिस्नेखोलाले सडकदेखि १५ मिटर तल बगाएको अवस्थामा प्रहरीले बचाएको थियो । जिल्लाका पत्रेखोला, सिस्नेखोला, हापुरखोलामा पुल नहुँदा बर्सातको समयमा सास्ती खेप्नु परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
एनपीएलः फाइनल प्रवेश खेलमा जनकपुरले टस जित्यो
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार