कर्णाली नदीमा पानीको बहाव खतरा नजिक
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २०:३८:५८
१४ साउन, सुदूरपश्चिम । गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ ।
पानीको बहाव खतरा नजीक पुगेपछि बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन सूचना दिइएको बोगटीले जानकारी दिए । कर्णाली नदीमा आएको बाढीले बर्दियाको नदी तटीय क्षेत्रका साथै कैलालीको दक्षिण पूर्वी क्षेत्र डुबान र कटानको जोखिममा परेको छ । कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न कुला तथा खोलामा पनि बहाव बढेको छ ।
उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमबाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका हुन् । नदीको बाढीले कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाका कतिपय वडाका गाउँबस्ती डुबानमा परेका सशस्त्र प्रहरी बल नं ३४ गणका प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए ।
“वषासँगै नदीमा बढेको पानीको बहाव गाउँबस्तीमा पसेपछि जिल्लाको दक्षिणी क्षेत्र र दक्षिणपूर्वी क्षेत्रका झण्डै एक हजार ५०० घर डुबानमा परेको जानकारी आएको छ”, उनले भने, “डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने कामका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।”
भजनी नगरपालिका वडा नं ३, ५ र ८, जानकी गाउँपालिका वडा नं १, २, ३, ४ र ७, टीकापुर नगरपालिका–२ विजयनगर र मिलनपुर, जोशीपुर गाउँपालिकाको अमरैया र पथरैयालगायत गाउँ डुबानमा परेका छन् ।
उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा समेत पानीको बहाव बढेको छ । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका कतिपय बस्ती र सडक जलमग्न हुँदा आवागमनमा असहज बनेको छ । वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार