लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २१:३०:०
१४ साउन, धनगढी । गए रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । धनगढीको विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । कतिपय स्थानीयवासीका घर तथा पसलमा पानी पसेर डुबानमा परेका छन् । यस्तै वडा नं ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् ।
पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडकसमेत जलमग्न भएको धनगढी–३ का गणेशप्रसाद भट्टले बताए । उनले भने, “उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नभई डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ ।”
वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । त्यसैगरी धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । धनगढी उपमहानगरपालिका–२ दीप टोलका सुमन थापाले गए राति अत्यधिक वर्षा भएको र पानी निकासको व्यवस्था नहुँदा कतिपय स्थानीयवासीका घरभित्र पानी पसेर रातभरि जाग्राम बस्नुपरेको दुखेसो उनीहरुको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार