प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख दिइने
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २१:३३:४५
१४ साउन, स्याङ्जा । गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्युभएकाका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई रु एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो ।
प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा रु २५ हजारसम्म राहतस्वरुप सहयोग गर्ने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ । केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिका भित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।
नगर कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए । नगरपालिकामा पहिराका कारण दुईको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । यस्तै, प्राकृतिक विपत्तिका कारण करीब दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा रहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार