रक्षाबन्धन बाँध्न गाउँ निस्किए २७ दिन क्वारेन्टिनमा
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २२:८:२६
१४ साउन, रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए ।
यही साउन १९ गते परेको रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो । यसपालिको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ । ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टिनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए ।
जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बानेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका–६ का वडाध्यक्षसमेत रहनुभएका परिषदका सदस्य सुधन रेग्मीले बताए । रक्षाबन्धन हिन्दू धर्मालम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो । जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार